सोसियल सस्टेनेवल युथ फाउण्डेसन र रोटरी क्लव अफ नार्गाजुनले नि सहारा सेवा सदनमा औषधी वितरण गरेको छ । सोसियल सस्टेनेवल युथ फाउण्डेसन र रोटरी क्लव अफ नार्गाजुन द्धारा आयोजित एक कार्यक्रममा शान्तिनगर स्थित रहेको वृद्ध आश्रममा औषधी वितरण गरिएको थियो । फाउण्डेसनले नि सहारा सदनमा आश्रीत सम्पूर्ण असाह्य वृद्धवृद्धालाई ३५ दिनको लागि दैनिक प्रयोग हुने औषधीहरु र सामान्य बिरामि हुदाँ चाहिने औषधीहरु वितरण गरेको थियो ।
शान्तिनगर स्तिथ आश्रममा ३७ जना असाह्य वृद्धवृद्धा र बेसाहाराहरुले संरक्षण लिदै आएका छन् । फाउण्डेसन’ ले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सदनमा रहेका ३७ जना वृद्धवृद्धालाई वितरण औषधी वितरण गरेर कार्यक्रम सम्पन्न गरेको थियो । शान्तिनगर रहेको नि सहारा सेवा सदन पुगेर युथ फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । साथै उक्त कार्यक्रमलाई सफल गर्नको निम्ति लिवटि रोट्रक क्लवले समेत युथ फाउण्डेसनलाई साथ दियको थियो ।
साथै, उक्त फाउण्डेसनले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ । युथ फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो । साथै आगामी दिनहरुमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत यूथ फाउण्डेसनले जनाएको छ । साथै आगामी कायक्रममा रोटरी क्लव अफ नार्गाजुनले फेरि फेरि पनि साथ दिने उक्त क्लवका अध्यक्ष्य महेश श्रेठ तथा सचिव यादव प्रसाद ढुंगानाले प्रतिव्दता दिनुभयो।