नेप्स साताको चौथौँ दिन २२ दशमलव ८० अङ्कले घटेर १११८ दशमलव १९ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३७ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसुचमा ३ दशमलव ७७ प्रतिशतको गिरावट आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ३ करोड ५४ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै हाथवे फाइनान्सको सेयर ५ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै राधी विधुत कम्पनीको शेयर ६ दशमलव ८९ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ३ दशमलव ६४ प्रतिशतले घटेकोे छ भने ४ हजार ९ सय ८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ९ प्रतिशतले घटेर ४ हजार ९ सय ६७ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका २ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।