IME Life
GBIME

नेप्से ८ अंकले घटेर ११८१ को विन्दुमा, कारोवार रकम १७ करोड ४९ लाख

SPIL
NIC ASIA new
NLIC

नेप्से परिसूचक साताको तेस्रो दिन ८ दशमलव ५४ अङ्कले घटेर ११८१ दशमलव ६६ अङ्कमा बन्द भएको छ । कारोबार रकम १७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । उत्पादनमूलक क्षेत्रको परिसुचमा ० दशमलव ३१ प्रतिशतको वुद्धि आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ करोड ३७ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै किसान माइक्रोफाइनान्सको सेयरमा ५ दशमलव ८० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको शेयर ९ दशमलव ९४ प्रतिशतले घट्न पुग्यो ।

Crest

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ०५ प्रतिशतले घटेकोे छ भने ५ हजार ४ सय ९२ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५२ प्रतिशतले घटेर ५ हजार ३ सय १४ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका ७७ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS