IME Life
GBIME

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क १७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
NLIC

एनएलजी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ३६ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ४३ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा ४४ हजार ९ सय ३७ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा ४१ हजार २ सय ४२ बीमालेख कायम रहेको छ । त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले २० करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४ प्रतिशतले बढी हो ।

Crest

कम्पनीले १२ सय ४ वटा दाबीको भुक्तानी गरेको छ । भने २ हजार ४४ वटा दाबीको भुक्तानी हुन बाँकी छ । कम्पनीको जगेडा कोष १० प्रतिशतले घटेर १६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा १८ करोड ५५ लाख रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी ३२ दशमलव ३७ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ २४७ दशमलव ७३ रुपैयाँ छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य ४३६ दशमलव ३३ रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS