युनाईटेड इन्स्योरेन्स कम्पनीले हकप्रदबाट नै पूजी पुराउँने भएको छ । बीमा कम्पनीहरुलाई पुँजी पुराउँन बीमा समितिले तोकेको अवधि नजिकिदै गर्दा कम्पनीले हकप्रद नै कायम गरी पूँजी पुराउँने योजना बनाएको कम्पनीले बताएको छ ।
कम्पनीले यस अघि नै २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, मर्जरका लागी र बैदेशिक साझेदारीका लागी पनि कम्पनीले ढोका खोलेको थियो । यद्यपी यि दुवै विकल्प असम्भव जस्तो देखिन थालेपनि कम्पनीले हकप्रदको विकल्प नै अघि सार्ने भएको छ ।
हकप्रद पछि कम्पनीको पूँजी १ अर्ब ३३ करोड हुनेछ । अहिले कम्पनीको पूँजी ३४ करोड २४ लाख छ । कम्पनीले आगामी पुषमसान्तसम्ममा १ अर्ब पूँजी पुराउँनु पर्नेछ ।