नेपालीहरुको महान् चाड विजयादशमी र शुभदिपावलीको अवसरमा काठमाण्डौ ई.एन.टी. हस्पिटलले आफ्नै अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा स्थानिय बासिन्दा तथा हस्पिटलका कर्मचारीहरुले भाग लिएका थिए, जस बाट करिब ३२ पिन्ट रगत संकलन भएको छ ।
रक्तदाताहरु लाई हस्पिटलका अध्यक्ष डा. माधव प्रसाद दाहाल र सामुदायीक प्रहरी सेवा केन्द्र बागबजारका प्रमुख अन्जु श्रेष्ठले कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रमका संयोजक डा. जयन्द्र प्रधानाङगका अनुसार सो कार्यक्रममा संकलित रगत राष्ट्रिय ट्रमा सेन्टरलाई प्रदान गरिएको छ ।
काठमाण्डौ ई.एन.टी. हस्पिटल १५ सैया भएको कान, नाक र घाँटीको विशेषज्ञ हस्पिटल हो र यसले आफ्नो स्थापनाकाल देखी नै विभिन्न संघ संस्थाहरु सँग मिलेर निशुल्कः स्वास्थ्य शिविरहरु र अन्य सामाजिक कार्यहरु संचालन गर्दै आएको छ ।
डा. जयन्द्रले रक्तदाता र संलग्न सम्पुर्ण व्यक्तीहरुलाई धन्यवाद ज्ञापन गर्दै हस्पिटलले आउँदा दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहने बताए ।