गुराँस लघुवित्त वित्तीय संस्थाको २ लाख ५० हजार (३२.२६ प्रतिशत ) कित्ता आईपीओ निष्कासन गर्न विशेष प्रस्ताव साधारणसभामा पेश गर्न भएको छ ।
कम्पनीको तेस्रो वार्षिक साधारण कात्तिक १७ मा हुने भएको छ ।कम्पनीले हालसम्म कायम रहेको ६ करोड रुपैयाँ जारी पूँजीलाई बढाएर ७ करोड ७५ लाख रुपैयाँ पुव्याउने प्रस्ताव पेश गर्दैछ ।
साथै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २५ प्रतिशत हकप्रद सेयर बिक्रि गर्न प्रस्ताव लैजादै छ। कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागिएको हो । कम्पनीको संस्थापक सेयर स्वामित्व ७० प्रतिशत बाट परिमार्जन गरेर ६७.७४प्रतिशत बनाउने एजेन्डा पनि छ । यस आधारमा हकप्रदपछि मात्र आइपीओ आउने देखिन्छ ।