जानकी फाइनान्सको साधारणसभा सोमबार हुने भएको छ । जानकीले २३.१६ प्रतिशत लाभांस वितरण गर्न एनेण्डा साधारणसभामा पेश गर्ने भएको छ । यसका लागि फाइनान्सले असोज १६ गते बुक क्लोज गरेको हो । कम्पनीले आ.व.२०७४/७५ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश भएको छ ।
चालु आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि राखिएको छ ।
हाल जानकीको चुक्ता पुँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ छ । बोनस वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्नेछ ।