IME Life

बीमीतलाई छिटो र छरीतो सुविधा प्रदान गर्दैछौ: कुमार बहादुर खत्री प्रमुख कार्यकारी अधिकृत, अजोड इन्स्योरेन्स

SPIL
NIC ASIA
कुमार बहादुर खत्री, प्रमुख कार्यकारी अधिकृत, अजोड इन्स्योरेन्स

त्रिभुवन बिश्वबिद्यालयबाट एमबीए गरेका कुमार बहादुर खत्रीले बीमा क्षेत्रमा आउनुभन्दा अघि खेलकुद क्षेत्रमा सक्रिय थिए । करिब ७ बर्ष खेलकुद क्षेत्रमा विताए पछि विस २०४९ सालमा सरकारले उहाँ आवद्ध रहेको खेलकुद परियोजना नै खारेज गरिदिँदा त्यहाँ कार्यरत चारसय कर्मचारीले अवकास लिनुपरेको थियो । जसमध्येमा उनी पनि एक हुन् ।२०५१ साल फाल्गुण ८ गते नेपाल इन्स्योरेन्स कम्पनीको बिकाश अधिकृत हुदै इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए खत्रीले । त्यहाँ उनले ९ वर्ष काम गरे । एनबि इन्स्योरेन्स (हालको आईएमइ जनरल इन्स्योरेन्स) को ब्यबस्थापकीय तहमा २ वर्ष काम गरे र २०६२ साल श्रावण देखि लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकको जिम्मेवारी सम्हाले । जहाँ उनले १३ वर्षसम्म काम गरे । हाल उनी अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत छन् । उनै खत्रीसँग बर्तमान बीमा बजारको अवस्था र कम्पनी रणनीतिको बारेमा इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार:

हाल निर्जिवन बीमाको बजार कस्तो छ ?
हाल निर्जिवन बीमाको बजार बढीरहेको छ । चार, पाँच वर्ष अघिको बजार र हालको बजार हेर्ने हो भने यसका केही परिवर्तन आएको छ । केही बर्ष अघि छ/सात अर्बको बजार रहेको थियो भने १० बर्षसम्मको अवधीमा आईपुग्दा २२ अर्ब रुपैयाँमा आईपुगी सकेको छ । बजार बढ्न अझै बाँकी रहेको छ । सरकारले स्वास्थ्य बीमालाई प्राथमिकता दिईरहेको छ । यो अझै पनि जुन रुपमा अघि बढ्नुपर्ने हो त्यो भईसकेको छैन । स्वास्थ्य बीमालाई अझै सबै विस्तार गर्न सकियो भने बीमा बजारलाई अघि बढाउन सहयोग गर्दछ । सरकारको स्थायी सरकारमा आएर बिकास निमार्णको काम भयो भने बीमा बजार बढेर जाने लक्षण देखिन्छ । सरकारले सम्पूर्ण विकास निमार्णको कार्यहरुमा बीमा गनुपर्ने निती राखेको छ । ठूला हाईड्रोपावर, पोजेक्ट, विकास निर्माणको काम र बीमा बजार १२ प्रतिशत मात्र रहेको हुदाँ अझै बीमीतको दायरा बढाउने प्रशस्त ठाँउ रहेको कारणले गर्दा बीमाको बजार उज्जवल नै छ भन्न सकिन्छ ।

Prabhu
Crest

नेपालमा पहिलो नै १७ वटा निर्जीवन बीमा कम्पनी छन् । यसैबिच सञ्चालनमा आएको यो कम्पनीले बजारमा आफुलाई स्थापित गराउँन कस्तो रणनीति अपनाएको छ ?
बीमा बजारमा नयाँ तिन वटा कम्पनीहरुको थपिदाँ यसले बीमा बजारलाई खासै असर गर्छ जस्तो त मलाई लाग्दैन । यसले अझ बीमा बजारलाई बीमा बजारलाई अघि बढ्न सहयोग गर्दछ । बीमाको बजार हाल १२ प्रतिशत मात्र रहेको छ। बीमाको दायरा नभएको ठाँउमा यसले सहयोग गर्दछ । बीमा बजार विस्तार गर्न सम्भावनाहरु अझै धेरै रहेको छ । कतिपय ठाउँहरुमा बीमाको दायरा पुगेको छैन । बजार रहेको छ बीमाको बजारलाई पहिल्याउन सकेमा बीमा बजार अझै राम्रो रुपमा अघि बढ्ने पाटोहरु थुपै रहेको छ । प्रतीस्पर्धा आफनो ठाँउमा रहेको छ । हामीले प्रतिस्पर्धा भन्दा पनि गुणस्तरीय सेवा बीमीतलाई दिने कुरामा हामी लागि रहेका छौ । हामीले यसलाई प्राथमिकता दिईरहेका छौ । प्रविधीको प्रयोग मार्फत अनलाईन सेवाको कुरालाई पनि हामी अघि बढाउने सोचमा रहेका छौ । वास्तवमा अहिलेको बीमा बजार त बजार नै हैन । यसलाई नयाँ कम्पनीको विस्तार सगैँ बीमा पहुचँ वृद्धि र बीमाको दायरा बढाउने एक माध्यम बनेको छ ।

अन्य कम्पनीहरुमा भन्दा तपाईको कम्पनीले के फरक सेवा सुविधा दिईरहेको छ त सेवाग्राहीहरुलाई ?
हामी प्रविधिमैत्रीमा जान्छौं, हामी प्रविधिमा बढी आधारित हुने भएकाले प्रविधिको प्रयोगबाट सेवा प्रवाह हुन्छ । हामीले प्रविधिमा नै जोड दिइरहेका छौं । छिटो छरीतो सेवा प्रदान गर्न दिने र गुणस्तरीय सेवा र समयमै दाबी भुक्तानी तय गर्न वातावरण गराउने जस्ता कारणले हाम्रो कम्पनी अन्य कम्पनीको तुलनामा फरक रहेको छ ।

जति कम्पनी खोलिए पनि सबै शहर केन्द्रित हुने गरेको आलोचना छ । तपाईहरु गाउँ जानको लागी कस्तो योजना बनाउँदै हुनुहुन्छ ?
जनरल इन्स्येरेन्सको लागत अलि बढी भएको हुन्छ । त्यसैले पनि होला । तर हाम्रो कम्पनीले यही बर्ष भित्र विभिन्न ठाँउहरुमा २६ वटा शाखा खेल्ने तयारीमा रहेका छौ । त्यस पश्चात् हामी तिन, चार वर्ष भित्र हामी ५६ वटा शाखा खेल्छौ । यसै गरि विभिन्न स्थानहरुमा बीमा काउन्टर खेल्छौ । भोलिका दिनमा पनि हामीले दुर्गम क्षेत्रमा बीमा समितीसगँ सहकार्य गरेर ग्राहकहरुलाई सेवा सुविधा दिने तयारीमा रहेका छौ । कृषि बीमा वा लघु बीमालाई लिएर हामी ग्रामीण क्षेत्रमा पनि जादै छौ ।

तपाई लामो समय देखी बीमा क्षेत्रमा हुनुुहुन्छ । बीमा कम्पनीहरुले अझै पनि समयमा दाबी भुक्तानी गर्दैनन् भन्ने गुनासो छ । तथ्याकले पनि त्यहि देखाउँछ ? यसको कारण के होला ?
यसमा सर्भयर बीमा कम्पनी र बीमीतको पनि केही कमी कमजोरी भएको देखीन्छ । ती कुरामा हाम्रो कम्पनीले दाबी भुक्तानीको लागि चाहिने अत्यावश्यक डकुमेन्ट मात्र लिन वातावरण दिने व्यवस्था गदैछौ । यसमा हामी बीमीतको निगरानी पनि गरीरहेको हुन्छौ । हाम्रो कम्पनीको स्थापनाको भएको दिन पश्चात् एक जना बीमीतलाई दाबी परेको थियो । हामीले २४ घण्टा भित्र हामीले बीमीतलाई चेक प्रदान गरेका थियौ । मेरो विचारमा बीमा गर्न बेलामा हामी उहाँहरुलाई भोलिको दिनमा दाबी परयो भने यस्ता किसीमका डकुमेन्ट आवश्यक पर्दछ भनेर हामी उहाँहरुलाई सजग गराउछौ । यसका साथै आवश्यक डकुमेन्टका साथ दाबी गरेमा भुक्तानीमा त्यस्तो समस्या भने आउदैन ।

हालै बीमा समितीले तालिम केन्द्र सञ्चालनमा ल्याएको छ साथै त्रिभुवन विश्वविद्यालयले एक्च्युरी साईन्सको पनि अध्यापन सुरु भएको छ । के यसले नेपाली बीमा कम्पनीमा देखिएको जनशक्ति अभावलाई परिपूर्ति गर्ला त ?
अबको दिनमा त्यस्तो समस्या नआउला, जुन हिसाबमा बीमा कम्पनीको वृद्धि भईरहेको त्यो अनुरुपमा दक्ष जनशक्ति अभाव भईरहेको थियो । हामीले नै पनि हालको दिनमा केही पूराना जनशक्तिलाई लिएका छौ र धेरै पूरानालाई जनशक्ति नै लिई रहेका छौ । बीमा कम्पनी र बीमा समितीको सहकार्यमा हामीहरुले नेपाल इन्स्योरेन्स तालिम केन्द्र खोलेका छौ । यो एउटा कम्पनीको रुपमा दर्ता हुदैछ । यसमा कर्मचारी, अभिकर्ता, सर्भयर र इन्स्येरेन्सको पाठ्यक्रम नै बनाएर अघि बढ्ने सोचमा छौ यसले गर्दा भोलिको दिनमा दक्ष जनशक्ति अभाव कम गर्न सहयोग गर्दछ ।

तपाईको बिचार अब आउँने बीमा विद्येयक कस्तो हुनुपर्छ ?
अब आउने विधेयमा बीमा प्राधिकरण बन्दै छ । बीमा प्राधिकरण बनीसके पछी जुन अधिकार दिनुपर्ने हो त्यो अधिकार मन्त्रालयले बढी लिएको हो की भन्ने भान परेको छ । यो कुरामा सुधार गनुपर्छ । सर्भेयरहरुलार्ई ऐनमै यती पैसासम्म जरीवाना राख्ने भन्ने कुरा राखेको छ त्यो कुरा त्यक्ति ठिक होईन कि जस्तो लाग्छ । यसका साथ–साथै हाल बहसमा आईरहेको कुरा प्रमुख कार्यकारी अधिकृतको योग्यता राखीएको छ । हामी एउटा कर्मचारी लिदाँ त पढाईको साथ–साथै अनुभव खोज्छौ भने सस्थामा रहेको प्रमुख तहमा रहेको व्यक्तिलाई डिग्री पास गरेको राख्ने भन्ने कुरा भएको छ । कुनै पनि व्यक्ति डिग्री पास गरेर मात्र उसमा काम गर्न स्थिती रहदैन यसमा पनि सरकारले ध्यान दिनुपर्ने जरुरी देखीन्छ ।

मोटर बीमामा नक्कली पोलिसी नै जारी भएको देखियो । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
मोटर बीमामा नक्कली पोलिसी भन्ने कुरा त हुदैन होला । दुर्घटना पछी बीमा गराउने परिपाटी देखीएको छ । यसलाई सुधार्न सकिन्छ । एउटा त बीमा गर्दा राम्रोसगँ अन्डराईटिङ गर्न हो भने यसमा सुधार गर्न सकिन्छ ।

नेपालमा बीमाको दायरा बढाउँन सरकारले के गर्नुपर्छ ?
बीमा बजार विस्तारै बढ्दै गईरहेको छ ।नेपालको सन्र्दभमा हेर्ने हो भने बैंकबाट ऋण लिएको छ भने बीमा गर्न चलन रहेको छ । जग्गाको धितोले भ्यायो भने घरको बीमा नगर्ने चलन पनि रहेको छ । नेपाल सरकारले केही वर्षको लागि दुई, तिन वटा ठाउँहरुमा हेनुपर्ने जरुरी देख्छु । मालपोत गर्न ठाँउमा, नक्सा पास गर्न ठाँउ, सम्पतिको कर तिर्ने ठाँउमा, बहाल लगाउने ठाँउमा हेरिदिने हो र यसमा बीमा खोजिदिने हो भने र बीमाको हदमा उसको करको पनि छुट गर्न व्यवस्था गर्ने हो र यसमा बीमा अनिवार्य नै गर्ने होे भने बीमाको बजार निकै माथि जान्छ । यसले बीमा कम्पनीलाई मात्र नभई राष्ट्र निमार्णमा पनि फाईदा पुुग्दछ पूँजी निर्माण पनि हुन्छ । बीमाको दायरामा सम्पूर्ण मानिसलाई समेट्न सकियो भने भोलिका दिनमा केही क्षती भएमा बीमीत आफैले बीमा गरेको हुदाँ सरकारलाई अनुदानको भार पनि कम पर्न जान्छ ।

कम्पनीको तर्फ बीमा चेतना बढाउँन तपाईहरुले के गर्ने योजना बनाउँनु भएको छ ?
हामीले कम्पनीको बीमा चेतना बढाउनको लागि हामीले ग्राहक समक्ष नजिक पुग्नको लागि ग्राहकसेवा केन्द्र स्थापना गदैछौ । हाम्रो सेवा नेपाल भरी पुयाउँ भन्ने नै हो । सबै ठाँउमा सहज र सरल रुपमा गुणस्तरीय सुविधा दिने हाम्रो प्रयास हो । हाम्रो त्यसमा हामी प्रविधीको पनि प्रयोग गरेर दुर्गम क्षेत्रमा पनि जानको लागि तयारी गर्दै जानेछौ । हाम्रो हरेक कदमको सहयात्री भन्ने नाराका साथ हामी कम्पनी मार्फत सबै क्षेत्रमा पुग्ने प्रयासमा रहेका छौ ।

कम्पनीको आगामी योजना के छ ?
हामी दक्ष जनशक्ति विकास गर्न र शाखा सजांलको विस्तार गर्न, यातायातमा काउन्टरको व्यवस्था गर्न, ग्राहकसेवा केन्द्र स्थापना गर्न बजारको आवश्यकता हेरेर प्रडक्ट ल्याउने हाम्रो प्रयासमा रहेका छौ । यसका साथै हामी प्रविधीको प्रयोग गरेर बीमा अनलाईन मार्फत गर्न व्यवस्था गदछौ । ई–पेमेन्ट मार्फत पनि बीमा शूल्क तिर्न सक्ने व्यवस्था गर्न योजनामा ल्याईरहेका छौ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS