काठमाडौं । अन्तत बीमा समितिको आफनै भवन निर्माण हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग कन्सलटेन्सिले तयार पारेको भवनको खाकालाई बीमा समितिको सञ्चालक समितिले पारित गरेपछि भवन बन्ने पक्का भएको हो ।
भवन सात तल्ले हुनेछ । जसमा दुई वटा अन्तराष्ट्रिय सम्मेलन हल, पार्किङ्ग, बैंक, पुस्तकालय समेत रहने समितिले बताएको छ । भवन अपांगमैत्री हुनेछ । भवन निर्माणमा करिब ८० करोड रुपैयाँ लागत लाग्ने समितिको प्रारम्भिक अनुमान रहेको छ ।
समितिले सञ्चालकले पारित गरेको भवनको नक्सा पास गर्ने प्रक्रिया अगाडी बढाउँने भएको छ । तत्पश्चात समितिले टेण्डर आह्वान गर्नेछ । आगामी चार बर्षमा भवन निर्माण सम्पन्न गर्ने समितिको योजना रहेको छ ।