सानिमा जनरल इन्स्योरेन्सले शुक्रबार नारायणगढमा शाखा कार्यालयको समुद्धघाटन गरेको छ । कम्पनीका संचालक श्री खेम राज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोध लाल श्रेष्ठ र बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पौडेल को समुपस्थितिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई कार्यक्रम सुसम्पन्न गरेको छ ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको पहँुच पु¥याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ । कम्पनीले आ.व. २०७५÷०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।
कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।