मुक्तिनाथ विकास बैंक लिमिटेडले १८.२५प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बैंकको भाद्र २७ मा बसेको सञ्चालक समितिको २०० औँ बैठकले गत आर्थिक वर्ष को मुनाफबाट आफ्ना शेयरधनीहरुलाई वोनस शेयर र नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले १९।२१ प्रतिशत लाभांश घोषणा गरेको छ। सञ्चालक समितिले गत वर्षको नाफाबाट १८।२५ प्रतिशत बोनस सेयर र ०।९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधरणसभाबाट पारित भए पछि शेयरधनीले उक्त वोनस सेयर पाउने छन् ।