Siddhartha Bank
GBIME
IME Life

माथिल्लो तामाकोशीको आईपीओ भर्ने म्याद आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

दोलखाबासीले माथिल्लो तामाकोशीको आईपीओको भर्ने म्याद आज बिहिबार अन्तिम मौका छ । काठमाडौंमा बसोबास गर्ने दोलखाबासीलाई लक्षीत गरेर माथिल्लो तामाकोशीको आवेदन खुल्ला गरिएको थियो ।

तामाकोशीको थप गरिएको एक साता समय पनि अब आज बिहीबार (भदौ २१ गते) सकिनेछ । यसअघि तामाकोशीको सेयर भर्ने अन्तिम समय भदौ १४ गतेसम्म तोकिएको थियो । तर स्थानीय बासिन्दाको अनुरोधपछि फेरि एक साता अवधि थप गरी भदौ २१ गतेसम्म पुर्याइएको हो ।

SKYWELL
Crest

तामाकोशीको सेयर भर्ने क्रम जारी रहेपछि स्थानीय बासिन्दाको विशेष अनुरोधमा धितोपत्र बोर्डले समय थप गरेको हो । यसअघि काठमाडौंबाट पनि आइपीओ भर्ने सुविधा दिइएको थियो । तर राजधानीबाट भर्ने म्याद भने भदौ १ गते नै सकिएको हो ।

अपर तामाकोशीले दोलखा जिल्लाका स्थानीयलाई साउन १६ गतेदेखि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । आइपीओ खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो । अहिले दोलखाबासीका लागि मात्र यो आइपीओ खुला गरिएको हो । कम्पनीले स्थानीयलाई आइपीओ बेचिसकेपछि सर्वसाधारणमा खुला गर्नेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS