Prabhu Life Ad Final

आँखुखोलाको ८ लाख कित्ता शेयर भर्ने आज अन्तिम दिन

IME PAY
IME Life

निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि साधारण सेयर (आईपीओ) भर्ने आज भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोडमध्ये दश प्रतिशतले हुने शेयर उद्योग प्रभावित क्षेत्र धादिङका सम्पूर्ण बासिन्दाको लागि बिक्री गरेको छ ।

यो आयोजनाले आयोजनाको कार्यालय र १५ वटा वित्तीय संस्थासहित धादिङको १६ स्थानबाट आइपीओको आवेदन दिन पाइने जानकारी दिएको छ । यसको शेयरका लागि न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आइपिओपछि बढेर ८० करोड पुग्नेछ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS