IME Life

मेटलाइफ एसिया प्रमुखमा किशोर पोन्नभोलु नियुक्त

SPIL
Sanima Reliance

काठमाडौं : मेटलाइफ इन्कले किशोर पोन्नभोलुलाई १ सेप्टेम्बर २०१८ बाट लागू हुने गरी कम्पनीको एसिया क्षेत्रको अध्यक्षमा नियुक्त गरेको छ । कम्पनीको कार्यकारी समूहको सदस्यका रूपमा रहने पोन्नभोलुलाई प्रमुख, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्टेभन ए. कनडारिअनलाई रिपोर्ट गर्ने जिम्मेवारी प्रदान गरिएको छ । मेटलाइफ इन्कको एसिया क्षेत्र अध्यक्षको कार्यालय हङकङमा रहेको छ ।

पोन्नभोलुले मेटलाइफ एसियाकै नवीनताको केन्द्र (इनोभेसन हब) मानिने जापान, कोरिया, अस्ट्रेलिया र लुमेनल्याबलाई सीधा रूपमा सुपरभाइज गर्नेछन् । तादिकोंदाले भने बंगलादेश, चीन, हङकङ, भारत, मलेसिया, नेपाल र भियतनामको सुपरभाइज गर्नेछन् ।पोन्नभोलु हाल संयुक्त राज्य अमेरिकास्थित मेटलाइफको अटो एन्ड होम बिजिनेसको प्रमुख रहेका छन् भने तादिकोंदा मेटलाइफको प्रमुख रणनीति अधिकारी रहेका छन् ।

Crest
Meta Holidays

मेटलाइफले रेबेका तादिकोंदालाई पनि १ सेप्टेम्बर २०१८ बाटै लागू हुनेगरी स्ट्राटेजिक ग्रोथ मार्केट एसियाको प्रमुखमा नियुक्त गरेको छ । उनले पोन्नभोलुलाई रिपोर्ट गर्नेछन् भने उनको कार्यालय सिंगापुरमा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x