निर्जीबन बीमा ब्यबसायको कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले निर्जिबन बीमा क्षेत्रमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्तिका लागि बीमा अभिकर्ता तालिम सञ्चालनमा गर्ने भएको छ ।
बीमा व्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ यस कम्पनीले बाली तथा पशुपन्छी बाहेकको निर्जीवन बीमाको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मिति यहि भाद्र १९ गते देखि २३ गते सम्म अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाका लागि निवेदन दिन आह्वान गरेको छ ।
कम्पनीले आफ्नो केन्द्रिय कार्यालयमा तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले ३० जनाको लागि तालिम सञ्चालन गर्ने भएको हो । इच्छुक व्यक्ति वा संस्थाले भाद्र १४ गते सम्म कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गरि सक्नु पर्नेछ । निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको २ प्रति फोटो पेश गर्नु पर्ने जानकारी कम्पनीले दिएको छ ।