प्राइम लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंक बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं: प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेड बीच  बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु एनआईसी एशिया बैंकका ग्राहकहरुले  बैंकको सम्पूर्ण  शाखाहरुबाट सहज रुपमा  खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले  हस्ताक्षर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार