IME Life

एशियन लाइफको आउनेभो ६० प्रतिशत हकप्रद शेयर

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं: एशियन लाइफ इन्स्योरेन्सको १० औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमा रु. ७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । उक्त सम्झौता—पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक श्री मेखबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।

कम्पनीले प्रतिशेयर रु.१०० दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ र हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्ता पूँजी रु.२ अर्व १ करोड पुग्ने छ ।

Crest

रु. पाँच अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्ता पूँजी रु. १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । यस कम्पीको जीवन बीमा कोष रु. १३ अर्ब १३ करोड र कूल लगानी रु १२ अर्ब २९ करोड ९६ लाख रहेको छ । कम्पनीले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS