IME Life

२ करोड निक्षेपकर्ताको ४ खर्ब भन्दा बढी निक्षेप सुरक्षण

SPIL
NIC ASIA

काठमाडौं । गत आर्थिक बर्ष २०७४/७५ मा निक्षेप तथा कर्जा सुरक्षण कोषले वित्तिय संस्थाको ४ खर्ब ३० अर्ब रुपैयाँ सुरक्षण गरेको छ । अघिल्लो आवको तुलनामा यो रकम १३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कोषले वित्तिय संस्थाको ३ खर्ब ८१ अर्ब रुपैयाँ सुरक्षण गरेको थियो ।

Prabhu
Crest

निक्षेपकर्ता २६ प्रशितले बढे
निक्षेप तथा कर्जा सुरक्षण कोषले गत आवमा १ करोड ९३ लाख ६९ हजार १०१ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको छ । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कोषले १ करोड ५३ लाख २१ हजार ५४४ निक्षेपकर्ता निक्षेप सुरक्षण भएको थियो ।
वित्तिय संख्या घटे
कोषले गत आवमा जम्मा ८९ वटा वित्तिय संस्थाको निक्षेप सुरक्षण गरेको छ । अघिल्लो आवको तुलनामा यो संख्या २६ वटाले कम हो । अघिल्लो आवको सोही अवधिमा निक्षेप सुरक्षण गर्ने कम्पनीको संख्या ११५ थियो । कम्पनीहरु मर्जरमा गएपछि सुक्षरण वित्तिय संस्थाको संख्या पनि घटेको कोषले बताएको छ ।

बाणिज्य बैंकको ३ खर्ब सुरक्षण
कोषले २८ वटा बाणिज्य बैंककोे ३ खर्ब ५८ अर्ब रुपैयाँ सुरक्षण गरेको छ । कोषले बाणिज्य बैंकमा रहेको १ करोड ५९ हजार १६३ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा निक्षेपकर्ता ३१ प्रतिशतले बढेका छन् भने सुरक्षण रकम करिब १८ प्रतिशतले बढेको छ ।

विकास बैंकको सवा ६३ अर्ब सुरक्षण
कर्जा तथा सुरक्षण कोषले विकास बैंकमा जम्मा भएको निक्षेप मध्ये ६३ अर्ब २१ रुपैयाँ सुरक्षण गरेको छ । विकास बैकमा भएका २९ लाख ८३ हजार ४ सय व्यक्तिको नाममा रहेको निक्षेप सुरक्षण गरेको हो । अघिल्लो बर्षको तुलनामा निक्षेप रकम करिब ७ प्रतिशतले घटेको छ भने निक्षेपकर्ता संख्या करिब ८ प्रतिशतले बढेको छ ।

वित्त कम्पनीको ८ अर्ब सुरक्षण
कोषले गत आवको अन्त्यसम्ममा वित्त कम्पनीमा रहेको निक्षेप रकममध्ये ८ अर्ब ३३ करोड रुपैयाँ सुरक्षण गरेको छ । वित्त कम्पनीमा रहेको ४ लाख ४१ हजार ८९६ जना निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको हो । वित्त कम्पनीको सुरक्षण रकम अघिल्लो आवको तुलनामा ९ प्रतिशत घटेको छ भने निक्षेपकर्ता संख्या करिब १५ प्रतिशतले बढेको छ ।

लघुवित्तको ८० करोड सुरक्षण
कोषले गत आवमा लघुवित्त विकास बैंकको करिब ८० करोड रुपैयाँ सुरक्षण गरेको छ । कोषले लघुवित्तका ४३ हजार ६४२ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको हो । अघिल्लो आवको तुलनामा लघुबित्तको सुरक्षण रकम १० प्रतिशतले बढेको छ भने निक्षेपकर्ता संख्या १३ प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS