IME Life

नविल बैंकले गत आर्थिक वर्षमा १२.२२ प्रतिशत नाफा वृद्धि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । नविल बैंकले गत आर्थिक वर्षमा १२.२२ प्रतिशत नाफा बढाएको छ ।अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४४ करोड रुपैयाँ नाफा बढाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विववरणमा ब्याज आम्दानी बढेर ६ अर्ब २६ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो । बैंकको संचित कोषको आकार बढेर १२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

Crest

बैंकको निष्क्रिय कर्जा घटेर ०.५५, निक्षेप लागत बढेर ४.७५, कर्जा निक्षेप अनुपात ७४.६८, आधारदर ७.७८ प्रतिशत रहेको जानकारी दिएको छ ।अघिल्लो वर्ष संचित कोष १२ अर्ब ३७ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप परिचालन गरेर १ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५२ रुपैयाँ १४ पैसामा सीमित भएको छ । अघिल्लो आवमा बैकको ईपीएस ६० रुपैयाँ ८१ पैसा थियो ।
प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा, इक्वीटीमा प्रतिफल २४.६७ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल २.७१ प्रतिशत कायम भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS