IME Life

शिखर इन्स्योरेन्सको खूद नाफा ४३ करोड १६ लाख

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाण्डौ: निर्जीवन बिमा कम्पनीमध्येकै आकर्षक शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म खूद नाफा १९.८९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो नाफा ३६ करोडमा सीमित थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३१ करोड १ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७७ करोड बढी खूद बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय २७ करोड ९७ लाखबाट बढेर ३५ करोड ३४ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष बिमाशुल्कबाट १ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको थियो । यस्तै, लगानी कर्जा तथा अन्यबाट हुने आय १४ करोड १४ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ करोड ७४ लाखमा सीमित थियो ।

Crest

शिखरले समीक्षा अवधिमा ९६ करोड ८८ लाख खूद दाबी भुक्तानी गरेको छ।अघिल्लो वर्ष यस्तो भुक्तानी ६५ करोड ३५ लाख थियो।

सेवाशुल्क र व्यवस्थापन खर्च ह्वात्तै बढेको देखिएको छ भने कम्पनीले २ लाख ९३ हजार ८ सय ७५ बिमालेख जारी गरिसकेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ लाख ६४ हजार ७ सय २५ बिमालेख मात्र जारी गरेको थियो ।

शिखरको जगेडाकोष भने घटेको छ । अघिल्लो वर्ष २६ करोड ६६ लाख रहेको कोष घटेर यो वर्ष २४ करोड २७ लाख मात्र जम्मा भएको छ । समीक्षा अवधिमा कम्पनीको बिमाकोष ६३ करोड ५३ लाखमा सीमित बिमा कोष बढेर ८५ करोड ११ लाखको उचाईमा पुगेको छ भने महाविपत्ति कोष ५ करोड २९ लाखमै सीमित छ ।

यो अवधिमा शिखरको प्रतिसेयर आम्दानी ४०.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०८.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.१३ गुणा कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड छ। गत वर्ष नाफाबाट २९% बोनस सेयर र कर तिर्न १.५३% नगद लाभांश पारित गरेको थियो भने यस वर्षको लाभांश घोषणा गर्न बाँकी छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS