IME Life

सर्भेयरलाई सांसदको सहयोग, के साँच्चै बीमा विद्येयकले सर्भेयरलाई सिध्याउँन खोजेकै हो?

SPIL
NIC ASIA

काठमाडौँ: अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा पेशप्रस्तुत गरेको बीमा बिद्येयक २०७५ मा १३ सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमध्ये १२ जना सांसदले सर्भेयरकै बुदालाई संशोधन गर्ने प्रस्ताव दर्ता गराएका छन् ।

विद्येयकमा सांसद राजकिशोर यादव बाहेक अन्य सांसदहरु रामबीर मानन्धर, चन्द्रकान्त चौधरी, अमृता अग्रहरी, संजय कुमार गौतम, प्रेम सुवाल, वृजेश कुमार गुप्ता, भरत कुमार शाह, रानी मण्डल, अमृता अग्रहरी, राजेन्द्र कुमार केसी, एकबाल मिया र नरमाया ढकालले सर्भेयरहरुको बारेमा गरिएको व्यवस्थालाई संशोधन गर्न प्रस्ताव दर्ता गराएका छन् ।

Prabhu
Crest

विद्येयकमा सर्भेयरको बारेमा गरिएको विभिन्न अधिकांश व्यवस्थालाई शंसोधन गर्न सांसदहरुले प्रस्ताव गरेका छन् । संशोधनको लागी दर्ता भएको ८५ बुदामा आधा भन्दा बढी सर्भेयर कै बुँदा परेको छ ।

अनुगमन गर्दा उचित कारण देखाउँनुपर्ने
बीमा विद्येयकमा समितिले बीमक र अन्य सेवा प्रदायक संस्थाको कुनै पनि समयमा अनुगमन गर्न सक्ने व्यवस्था गरेको छ । तर, सर्भेयरहरुलाई अनुगमन गर्दा उचित कारण र पूर्व सुचना दिनुपर्ने व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव दर्ता भएको छ । यस्तो प्रस्ताव सांसद रामबीर यादव र अमृता अग्रहरीले गरेका छन् ।

नियमन शुल्क नलाग्नेनयाँ विद्येयकमा सेवा प्रदायक संस्थालाई नियमन शुल्क लाग्ने व्यवस्था गरिएको छ । तर, सर्भेयहरुलाई भने नियमन शुल्क नगाउँन प्रस्ताव गरिएको छ । यस्तो प्रस्ताव सांसद एकवल मिया र अमृता अग्रहरीले गरेका छन् । समिति अन्र्तगत रहने अन्य संस्थाले नियमन शुल्क भुक्तानी गर्दै आए पनि सर्भेयहरुले भने नियमनशुल्क भुक्तानी गर्न तयार छैनन् ।

जरिवाना घटाउनु पर्नेसर्भेयहरुको जरिवाना घटाउन प्रस्ताव गरिएको छ । विद्येयकमा बीमा सेवा प्रदायक संस्थाले तोकिएको समयमा आवश्यक जानकारी वा कागजपत्र नबुझाएमा जरिवानाको व्यवस्था गरिएको छ । सर्भेयरको हकमा तोकिए अवधि सकिएको पहिलो हप्तासम्म दैनिक पाँच हजार तोकिएको छ । दोस्रो हप्तासम्ममा १० हजार र त्यसपछि २५ हजार रुपैयाँ तोकिएको छ । तर, यस्तो जरिवाना पहिलो हप्तासम्ममा ५ सय दोस्रो हप्तासम्ममा १ हजार र त्यसपछि दैनिक २ हजार रुपैयाँ जरिवाना मात्रै हुनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेका छन् । यस्तो प्रस्ताव सांसद रामवीर मानन्धर, नरमाया ढकाल, अमृता अग्रहरी र भरत कुमार शाहले गरेका छन् ।

एउटा सर्भेयरले सबै खालको सर्भे गर्न पाउँने माग नयाँ विद्येयकमा एउटा सर्भेयरले एउटै खालको बीमा सर्भे गर्ने व्यवस्था गरिएको छ । तर, सर्भेयरले भने एउटा मात्रै बीमाको सर्भेयर गर्दा जीवीकोपार्जनमा कठिन हुने र नेपालमा जनशक्तिको अभाव कारण बीमा क्षेत्रमा असहज परिस्थिति उत्पन्न हुने तर्क राख्दै आएका छन् । साथै सांसद रामबीर मानन्धर, चन्द्र कान्त चौधरी, अमृता अग्रहरी, राजेन्द्र कुमार केसी र संजय कुमार गौतमले सर्भेयरले सबै खालको सर्भे गर्न पाउँने संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

तर, तत्कालिन समयमा नेपालमा सर्भेयरको अभाव थियो । त्यसैले एउटा सर्भेयरले सबै खालको सर्भे गर्न पाउँने व्यवस्था जायज थियो । तर, हाल नेपालमा वेरोजगार इन्जिनियरको संख्या बढी रहेको बेलामा सर्भेयरहरुलाई बढी व्यवसायिक बनाउँन विद्या छुटाउनु पर्ने समय आएको विज्ञहरु बताउँछन् । जसरी नाक, कान र घाँटीको डक्टरले पेटको अपरेशन गर्न सक्दैनन् । त्यसैगरी एउटा बिषयमा पोख्त सर्भेयरले अर्को बिषयको सर्भे गर्न सक्दैन । विद्या छुटाउँदा एकातिर सर्भेयरहरु बढी व्यवसायिक हुन्छन् भने केही हदसम्म वेरोजगारी समस्या हट्ने उनीहरुको तर्क छ । त्यसैगरी अधिकांश सर्भेयरले यसलाई सहायक पेशाको रुपमा अंगालेका छन् । त्यसैले एउटा मात्रै सर्भे गर्दा जिविकोपार्जनमा समस्या हुने बिषयमा असम्भव भएको उनीहरुले बताए । साथै आगमी दिनमा इन्जिनियरिगं गरेका बाहेक अन्यलाई सर्भेयरको लाईसेन्स दिन नहुने उनीहरुको तर्क छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS