IME Life

गत आवमा करिब ६६ करोडको लघुबीमा जारी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

गत आर्थिक बर्ष २०७४/७५ मा निर्जीवन बीमा कम्पनीहरुले ६६ करोड १८ लाख रुपैयाँ बराबरको लघुबीमा गरेका छन् । उक्त बीमा  बापत कम्पनीहरुले २७ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ५ हजार २६२ वटा बीमालेख जारी गरेका छन् ।

कम्पनीको तथ्यांक अनुसार कम्पनीहरुले जारी गरेको लघुबीमा अन्र्तगत ३ हजार ९६३ वटा व्यक्तिगत दुर्घटना बीमालेख जारी भएको छ । त्यस्तै, स्वास्थ्य बीमालेख ९९३ वटा जारी भएको छ । घातक रोग बीमालेख १०५ वटा जारी भएको छ । ९२ वटा पशु बीमा जारी भएको छ भने एउटा बाली बीमा जारी भएको छ । ५५ वटा लघु उद्यमी बीमा र ५३ वटा गाहस्र्थ बीमालेख जारी भएको छ । तर, बाली बीमालेख भने एउटा मात्रै जारी भएको छ ।

Crest

व्यक्तिगत दुर्घटना बीमालेख धेरै जारी भएपनि गत आर्थिक बर्षमा स्वाथ्य  बीमाबापत सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ । कम्पनीहरुले लघुबीमा पुल मार्फत जारी गरेको लघुबिमा योजनामध्ये स्वास्थ्य बिमा बापत कम्पनीहरुले १५ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । व्यक्तिगत दुर्घटना बीमा बापत भने ७ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । पशु बीमा बापत २ लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS