IME Life

प्राईम लाईफको बीमाशुल्क १६ प्रतिशतले बढ्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौ । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्ष २०७४/७५ मा बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेको छ । गत आवको असारमसान्तसम्ममा कम्पनीले २ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको गत आवको चौथो वित्तिय विवरण अनुसार गत आवको अन्त्यसम्मा कम्पनीमा ५ लाख ८६ हजार ५४० बीमालेख कायम रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीमा   ४ लाख ६७ हजार ८६३ बीमालेख कायम रहेको थियो। त्यस्तै, गत आवको अन्त्यसम्ममा कम्पनीले ४० करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । कम्पनीले १ हजार ४८८ दाबी बापत उक्त रकम भुक्तानी गरेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३६ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आवको चोथौ त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ८१ लाख १९ हजार रहेको छ ।

Crest

कम्पनीले ३४ वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको जगेडा कोष ८ प्रतिशतले बढेर ९६ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जोड कोष ८८ करोड ८० लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ३५ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १२ दशमलव १२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४३ दशमलव ७२ रहेको छ । प्रति शेयर नेटवर्थ १५९ दशमलव १४ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ५७४ दशमलव ९० रुपैयाँ रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS