काठमाडौंबाट दोलखाबासीले माथिल्लो तामाकोशीको आईपीओको भर्ने म्याद थपिने भएको छ । म्याद सकिने अन्तिम अवस्थामा आईपुगेपछि पुन एक हप्ताको लागि म्याद थपिने भएको हो । काठमाडौंमा बसोबास गर्ने दोलखाबासीलाई लक्षीत गरेर माथिल्लो तामाकोशीको आवेदन यही साउन १६ गतेदेखि १० दिनलाई खुल्ला गरिएको थियो ।
काठमाडौंबासी दोलखालीले काठमाडौंबाट आइपीओ भर्ने म्याद थप्न लागिएको हो ।साउन २५ गतेसम्म मात्र आवेदन तथा दरखास्त बुझाउने म्याद रहे पनि अन्तिम चरमा म्याद थप्नैपर्ने भएको हो । हालसम्म आवेदन बुझाउनेको सङ्ख्या करीब ५० हजारको हाराहारीमा पुगेको छ । सो आवेदनलाई नै आधार बनाउने हो भने अहिलेसम्म १ अर्ब ५ करोड रुपैंया संकलन भएको कम्पनीले जानकारी दिएको छ ।म्याद सार्ने कम्पनीको निर्णयलाई बोर्डले समेत सहमती जनाई सकेको छ । यसरी आवेलनको सङ्ख्या १६ प्रतिशत पुग्न नै हम्मेहम्मे परेका कारणम्याद सार्ने अवस्था सिर्जना भएको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।