IME Life

नेप्से परिसूचक विहिबार ६.६९ अंकले घटेर ११८० को विन्दुमा, आज निर्जीवन र जीवन बीमा उपसुचकमा गिरावट

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको पाचौँ दिन बिहिबार ६ दशमलव ६९ अङ्कले घटेर ११८०दशमलव ६३ अङ्कमा बन्द भएको छ । कारोबार रकम १९ करोड ६९ लाख पुगेको छ ।
आज सबैभन्दा धेरै जीवन बीमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज जीवन बीमा क्षेत्रको परिसूचक सबै भन्दा धेरै १ दशमलव ७५ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै ट्रेडिङ क्षेत्रमा वृद्धि भएको छ । ट्रेडिङ क्षेत्रको परिसूचक १ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ । ट्रेडिङ क्षेत्रको उपसुचकमा मात्र आज वृद्धि देखिएको छ ।


आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स क्षेत्रमा २ करोड १९ लाख बराबरको शेयर किन बेच भयो।
आज सबै भन्दा धेरैे आरम्भ माईक्रोफाईनान्सको सेयरमा ३.८७प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मल्टिप्रपोज फाईनान्सका शेयरमा ० दशमलव ०९ प्रतिशतले घट्न पुग्यो।
आज निर्जिवन बीमा कम्पनीको उपसूचक १ दशमलब २ प्रतीशतले घटेको छ ,भने ५ हजार ७ सय ५५ को विन्दुमा कारेबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ७५ प्रतीशतले घटेर ५ हजार ७ सय ७१ विन्दुमा पुगेको छ ।
आज दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको २ करोड १० लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ३ करोड २२ लाख बराबरको कारोबार भएको छ ।
साताकोअन्तिम दिन बिहिबार  निर्जीवन बीमा र जीवन बीमा कम्पनिहरुको उपसुचकमा गिरावट आएको छ भने बजार सुस्त रहेको छ , कारोबार रकम अझै बढ्न सकेको छैन।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS