GBIME
IME Life

सरकारले तेस्रो पक्षको बीमा ५ लाखबाट दोब्बर बनाउने यातायात व्यवस्था विभागले माग्यो बीमा प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं : सवारी साधन दुर्घटना पक्षले पाउने तेस्रो पक्षको बीमा बढाईएको छ । सरकारले तेस्रो पक्ष बिमा रकलाई शत प्रतिशत बढाएर पाँच लाखबाट १० लाख पुर्याउने भएको छ ।सवारी साधान दुर्घटना हुँदा पीडित पक्षले पाउने तेस्रो पक्ष बीमा वापतको ५ लाख रुपैयाँ र घाइतेको उपचार खर्च वापतको बिमा कम्पनीबाट पाउने ३ लाख रुपैयाँलाई बढाउन यातायात व्यवस्था विभागले सार्वजनिक प्रस्ताव नै माग गरेको छ ।

यातायात व्यवस्था विभागले तेस्रो पक्ष बीमा रकमको पुनरावलोकनको काम सुरु भइसकेकोले हाल प्रचिलित बीमा सम्बन्धी व्यवस्थामा के कति प्रमियम रकममा के कति बीमा रकम बृद्धि गर्न सकिन्छ भन्ने विषयमा बिमा कम्पनीबाट प्रस्ताव माग गरेको छ । प्रचलित बीमा सम्बन्धित व्यवस्थामा प्रिमियम र तेस्रो पक्ष बीमा वृद्धि हुने रकम खुलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न विभागले बीमा कम्पनीलाई भनेको छ ।

SKYWELL
Crest

दुर्घटनामा टाउँको र स्माइनल इन्जुरी भई सरकारी चिकित्सकको सिफारिशमा लामो समय पउपचार गराउनुपर्ने विरामीको हकमा ६ महिनासम्मको उपचारको लागि दिने प्रमियम रकममा बहन गर्न सकिने रकमसहित प्रस्ताव माग भएको छ । विभागले जनाएको छ ।

पछिल्लो समय यातायातमा सिण्डिकेट अन्त्य भएपछि पीडितले पाउने उपचार रकम कसले दिने र कसरी भन्ने विषयमा अन्योल भइरहेको छ । यस अघि यातायात समितिले आफ्नो कोषबाट व्यवहोर्ने गरेका थियो तर सिण्डिकेट अन्त्यपछि सरकाले यो कोषको रकम चलाउन दिएको छैन् । रकम चलाउन नपाएको र यातायात समितिलाई निष्कृय बनाएका कारण पीडितलाई नै सरकारले आवश्यक प्रक्रिया पुराएर कोषको रकम दिलाउन पहल गरिरहेको छ । अब, भने जे जति रकम पाइन्छ सीधै बिमाबाट पाने गरी नयाँ व्यवस्था गर्न लागेको पनि विभागको भनाइ छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS