GBIME
IME Life

लघुबीमा क–कसका लागि त ?

SPIL
NIC ASIA new
Sanima Reliance

भविष्यमा हुन सक्ने सम्भावित आर्थिक जोखिमको न्यूनिकरण गर्ने एक प्रकारको सम्झौता बीमा हो । विमति र बमकीका   बीच कानुनी प्रावधान पुव्याई गरिने एक प्रकारको विधि नै बीमा  हो । बीमा गरिसकेपछि बिमितलाई भविष्यमा आई पर्ने आर्थिक तथा भौतिक क्षति सँग सामना गर्न सक्ने क्षमता प्राप्त हुन्छ । बीमितले तिरेको बीमा शुल्क र बिमकको तर्फबाट कमिसन प्राप्त हुन्छ । यसरी प्राप्त भएको रकमले तपाईँ हामी जो कोहीलाई पनि भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । यसरी हेर्दा भोलिको दिनमा हुनसक्ने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने एक औपचारिक वा कानुनी विधि लाई बीमा भनिन्छ ।

बीमा प्राय सबै मानिसहरूलाई आर्थिक तथा सामाजिक सुरक्षाको लागि आवश्यक पर्दछ । तर पनि कतिपय मानिसहरू आर्थिक क्षमताको कारणले गर्दा बीमालेखको पहुँच बाट टाढा रहन पुग्दछन् । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारण बाट हुन सक्ने जोखिम सँग सामना गर्न नसक्ने छन्, ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बीमा हो । लघुबीमा कार्यक्रम जो व्यक्ति अन्य बिमाको पहुँचमा छैनन् वा ऊसँग त्यो समर्थ छैन, त्यस्ता व्यक्तिका लागि बढी उपयुक्त हुन सक्छ । जसलाई पशुपालनको चिन्ता, औषधि उपचारको चिन्ता, व्यापार व्यवसायको चिन्ता, साथै बाबालिकाको भविष्यको चिन्ताले सधैँ पिरो लि रहन्छ, त्यस्ता व्यक्तिले लघुबीमाका विभिन्न कार्यक्रमहरू, जुन कार्यक्रमले आफूलाई सहजता प्रदान गर्दछ त्यस्ता कार्यक्रमहरू उपयोग गर्नुपर्दछ ।

SKYWELL
Crest

लघुबीमा निर्देशिका २०७१ ले “लघुबीमा व्यवसाय” भन्नाले न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको संरक्षण गर्न यस निर्देशिका बमोजिम गरिने व्यवसाय सम्झनु पर्छ भनी परिभाषित गरिएको छ ।

  • लघुबीमाका विशेषता के हो त बुझ्नु जरुरी छ। 
    सरल प्रकृतिको बिमा
    कम कागजी प्रक्रिया
    बीमा दाबी प्रक्रिया सरल र छोटो
    बीमा गर्न धेरै झन्झट गर्नु नपर्ने
    थौरै बचतले बिमा शुल्क तिर्न पुग्ने
    थोरै बीमाङ्कको बिमा गर्न सकिने

लघु बीमाको किसिम

–गार्हस्थ लघुबीमा
– स्वास्थ्य लघुबीमा
–दुर्घटना लघुबीमा
–बाली लघुबीमा
–लघु व्यवसाय बिमा
–पशु÷पन्छी लघुबीमा
– गम्भीर प्रकृतिका रोग बिमा

लघुबीमा कायर्यक्रम अरु बीमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरु प्रति लक्षित छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबीमा हो । यस्ता कार्यक्रमले ग्रामिण भेगका मानिसहरुका घरआगँनमा पूगि उनीहरुलाई समेटेमा भविष्यमा आई पर्ने सम्भावित आर्थिक वा भौतिक जोखिम सँग सामना गर्न सक्ने क्षमता पक्कै पनि प्राप्त हुने छ । यस कार्यक्रमलाई सफल पार्न सकेमा आममानिसहरु लाई बिमा क्षेत्रको दायरा भित्र ल्याउन सकिनेछ ।

प्रस्तुती : रिना खत्री 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS