अर्थमन्त्रालयले बीमा विद्येयक संसदमा प्रस्तुत गरेको छ । विद्येयकमा एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने व्यवस्था गरिएको छ । हाल एउटा अभिकर्ताले सबै कम्पनीमा काम गर्न पाउँने व्यवस्था छ । तर, नयाँ बिद्येयकमा भने एउटा कम्पनीले एउटा कम्पनीमा मात्र काम गर्न पाउँने व्यवस्था गरेको छ । यद्यपी एउटा अभिकर्ताले एउटा जीवन र अर्को निर्जीवन बीमा कम्पनीको अभिकर्ता भएर भने काम गर्न पाउँने व्यवस्था छ । त्यसैगरी लघुबीमाको हकमा भने कुनै पनि कम्पनीमा काम गर्न पाउँने व्यवस्था छ ।
बिद्येयकमा गरिएको व्यवस्थामा प्रति केही अभिकर्ताले आपत्ति जनाएका छन् भने केही विज्ञहरुले यसलाई सकरात्मक रुपमा लिएका छन् । यही बिषयमा अभिकर्ता तथा विज्ञसँग गरिएको कुराकानी:-
नन्दप्रसाद तिवारी
अध्यक्ष, पेशागत अभिकर्ता संघ नेपाल
संसदमा जुन किसिमको विधेयक प्रस्तुत भएको छ, त्यसमा गरिएका व्यवस्थाले हामीलाई अप्ठ्यारोमा पारेको छ । विद्येयकमा एउटा अभिकर्ताले एउटा बीमा कम्पनीमा मात्र काम गर्न पाउँने भएका छन्, जुन गलत छ । हामीले जुनसुकै कम्पनीमा पनी काम गर्न पाउनुपर्दछ । एउटा विधामा मात्र रहेर काम गर्न व्यवस्थाले हामीलाई मात्र हैन कम्पनी र बिमीतलाई समेत अप्ठ्यारो पर्ने हुन्छ ।
अभिकर्ता बीमा कम्पनीको मेरुदण्ड हो । अभिकर्ताको पेशामा लागेर बर्षो गुजार्ने पनि कति अभिकर्ता छन् । तर, कहिल्यै पनि अभिकर्ता कम्पनीको संचालक बन्न सक्दैन । अर्थात् अभिकर्तासँग बीमा सम्बन्धी जति अनुभव भए पनि नीति निर्माणको तहमा अभिकर्तालाई कहिल्यै राखिदैन । यो भनेको अभिकर्ता प्रतिको विभेद हो ।
अभिकर्तालाई मर्यादित बनाउनु अघि राज्यले नै यस पेशालाई मर्यादित बनाउनुपर्छ । किनभने अभिर्कर्ता भनेको बीमा क्षेत्रको लागि एक मेरुदण्ड पनी हो । उसले बिमितलाई पनी कम्पनीको पोलिसीको बारेमा जानकारी दिन्छ । यसलाई जुन किसिमको दृष्टिकोणले हेरेको छ । त्यसलाई पक्कै पनी परिर्वतन गर्न जरुरी छ । जसरी डाक्टर, इन्जिनियर, नर्स आदिकोे पेशा हुन्छ । यसलाई पनी त्यही रुपमा मान्यता दिनुपर्छ । त्यती मात्र नभएर अभिर्कताले सरकारलाई १५ प्रतीशत कर पनी तिरेको हुन्छ । त्यसैले अब, यस पेशालाई मर्यादित बनाउन राज्य स्तरबाट नै यस पेशा प्रति हेर्ने दृष्टिकोणलाई सकरात्मक बनाउनु पर्छ ।
दामोदर बसौला
बीमा विज्ञ
संसदमा प्रस्तुत भएको विद्येयकमा अभिकर्ताको बिषयमा गरिएको व्यवस्थालाई केही हदसम्म उचित नै मान्नु पर्छ । विद्येयकमा एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने व्यवस्था गरिएको छ । जुन एकदम ठिक हो । एउटा अभिकर्ता एउटा कम्पनीमा मात्रै काम ग-यो भने अभिकर्ता आफै पनि धेरै व्यवसायिक हुन्छ । त्यसैले यो एकदम सही हो ।
यो पेशालाई अझै सम्मानजनक बनाउन यो पेशायको योग्यतालाई बढाइर्नु पर्छ । नेपालमा अभिकर्ताले लाईसेन्स सजिलैसंग पाउँछन् । सजिलैसँग पाईएको कुनै पनि कुराको मूल्य हुँदैन । त्यसैले पनि नेपालमा अभिकर्तालाई हेयको दृष्टिकोणले हेरिन्छ । यसको मुख्य कारण भनेको लाईसेन्स सजिलै पाईनु हो । त्यसैले अब देखि अभिकर्ताको योग्यता बढाईनुपर्छ । अब पनि एसएलसी पास भएको योग्यताको आधारमा लाईसेन्स वितरण गर्नु हुँदैन । त्यसैले लाईसेन्स दिने प्रक्रियामा पनि कडाई गर्नुपर्छ । तालिम लिएका व्यक्तिलाई मात्रै लाईसेन्स दिईनुपर्छ ।बीमा कम्पनी, बीमा समिति र अभिकर्ता बिच छलफल हुनुपर्छ ।
गोविन्द कार्की
अभिकर्ता (नेपाल लाईफ)
बीमा विद्येयकमा अभिकर्ताको बिषयमा गरिएको व्यवस्था ससर्ती हेर्दा राम्रो देखिन्छ । अभिकर्ताको सेवा सुविधाको बिषयमा समय तोकिएको हुँदा यो व्यवस्थित पनि देखिन्छ । तर, कतिपय व्यवस्थाले अभिकर्ता चपेटामा पारेका छन् । पक्कै पनि अभिकर्ताले जतिसक्दो ऐन आफनो पक्षमा होस भन्ने चाहन्छ । बीमा कम्पनीहरु पनि आफनो पक्षमा नै होस भन्ने चाहन्छ । त्यसैले यस बिषयमा व्यवस्था गरिदाँ तीन पक्षलाई एकै ठाउँमा राखेर छलफल गरिनु आवश्यक छ । बीमा अभिकर्ता, बीमा कम्पनी र समिति बिच छलफल गरि अभिकर्ताको बिषयमा निर्णय गर्नुपर्छ ।
अभिकर्ता पेशालाई सम्मानित बनाउँन राज्यले नै अभिकर्ता पेशालाई सम्मान गर्नुपर्छ । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने अभिकर्ता पेशालाई अत्यन्तै सम्मानजक रुपमा हेरिन्छ । नेपालमा भने अभिकर्तालाई दलाल भनी हेप्ने प्रचलन छन् । जुन गलत हो ।अभिकर्तामा नैराश्यता आउँनेछ ।
दिपेन्द्र सिंह लामिछाने
बीमा अभिकर्ता
बीमा विद्येयकमा अभिकर्ताको कमिशन पनि घटाईएको छ । अभिकर्तालाई काम गर्नका लागी कमिशन थप गर्नुपर्ने ठाउँमा उल्टो कमिशन घटाईएको छ । यसले अभिकर्तालाई काम गर्नमा नैराश्यता ल्याउँने छ । अभिकर्ता यही पेशा भनेर कति लामो समय देखि काम गर्दै आएका छन् । तर, अहिलेको नयाँ विद्येयकले उनीहरुको पेशा नै धरापमा परेको छ।
विमक र विमित बिचको मुख्य मध्यस्थकर्ताको सुविधालाई नै कटौती गर्दा उनीहरुमा काम गर्ने शक्ति कम हुनेछ । त्यसैले यस बिद्येयकलाई संशोधन गर्नुपर्छ । यस पेशालाई सम्मानित बनाउँन अभिकर्ताको योग्यता बढाईनु पर्छ । लाईसेन्स प्रक्रियालाई बलियो बनाउँनु पर्छ ।
प्रस्तुती: बिजया बास्कोटा/रिना खत्री