SKIP THIS

PCl

प्रिमियर  इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंक बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौ: प्रिमियर  इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गौतम   र बैंकको तर्फबाट बिभागीय प्रमुख श्री तेज बहादुर थकुल्लाले हस्ताक्षर गरेका छन्  ।

सम्झौता अन्तर्गत  सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमाशुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा बैंकबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्रिमियर इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार