IME Life

न्यून आय भएकालाई बीमाको दायरामा ल्याउने सरकारको प्रयास, छुट्टै लघुबीमा कम्पनी खोल्न सकिने

SPIL
Sanima Reliance

काठमाडौ: लघुबीमा व्यवसाय संचालनका लागी छुट्टै लघुबीमा कम्पनी पनि खोल्न सकिने भएको छ । संसदमा दर्ता भएको नयाँ विद्येयकमा गरिएको व्यवस्था अनुसार लघु बीमा कम्पनी पनि संचालन गर्न पाईने भएको छ ।

न्यून आय भएका वर्गलाई पनि बीमाको दायरामा सरकारले लघु बीमा योजना संचालनमा ल्याएको हो । आर्थिक बर्ष २०७२/७३ को बजेट भाषण मार्फत सरकारले कम्पनीहरुलाई आफनो व्यवसायको अनिवार्य रुपमा पाँच प्रतिशत लघुबीमा व्यवसाय गर्न निर्देशन दिएको थियो । गत आवको बजेट भाषण मार्फत भने कम्पनीलाई आगामी दुई बर्ष भित्रमा यस्तो व्यवसाय १० प्रतिशत पुव्याउन निर्देशन दिएको छ । जोखिममा रहेका व्यक्तिलाई बीमा झनै आवश्यक भएको भन्दै सरकारले छुट्टै कम्पनी नै खोल्न सकिने व्यवस्था गरेको छ ।

कानुनी अडचनले रोकिएको थियो लघुबीमा कम्पनी
बीमा बिद्येयकमा लघुबीमा कम्पनी खोल्न सकिने व्यवस्था गर्नु अघि नै पुर्नबीमा कम्पनीको नेतृत्वमा जीवन बीमा र निर्जीवन बीमा कम्पनीको संयुक्त लगानीमा लघुबीमा कम्पनी स्थापना गर्ने प्रयास भएको थियो । ५० करोड रुपैयाँ बराबर चुक्ता पूँजी भएको लघुबिमा कम्पनी खोल्ने तयारी गरिएको छ । तर, कानुनी अडचनका कारण समितिले कम्पनी दर्ताको प्रक्रिया रोकेको थियो ।

Crest
Meta Holidays

लघु बीमा निर्देशिका २०७१ का अनुसार १५० रुपैयाँमा दुर्घटना लघु बिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ रहेको छ । बिमीतले बीमांक रकमको शून्य दशमलव १ प्रतिशत बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, ५ सय रुपैयाँमा गार्हस्थ लघु बीमा योजना खरिद गर्न सकिनेछ। यो रकम बीमांक रकमको शून्य दशमलव २५ प्रतिशत हो । यस योजनाको बीमांक रकम २ लाख रुपैयाँसम्म हुनेछ। यस योजनाले बीमीतको सम्पतिको जोखिम बहन गर्दछ । स्वास्थ्य लघु बीमा योजनाको बीमा शुल्क १ हजार ४ सय रहेको छ। यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरे बापत्त एकापरिवारका पाँच जना सदस्यले ३५ हजारसम्मको स्वास्थ्य उपचार गर्न सक्नेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x