IME Life

सन नेपाल लाईफ र संग्रिला डेभलपमेन्ट बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Sanima Reliance

काठमाडौ: सन नेपाललाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स का तर्फबाट बिभागीय प्रमुख बिनोद शर्मा पौडेल र बैंकको तर्फबाट बिभागीय प्रमुख श्री तेज बहादुर थकुल्लाले हस्ताक्षर गरेका छन्  ।

सम्झौता अन्तर्गत  सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमाशुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाललाईफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

इन्स्योरेन्सले कारोवार शुरु गरेको ९ महिनाभित्र २०७५ आषाढ मसान्तमा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैया प्रिमियम संलकन गरेको छ । कम्पनीले सोही अवधिमा जीवन बीमाकोषमा रु. १० करोड ९२ लाख १३ हजार ९ सय ८७ रुपैया र रु.१२ करोड ९८ लाख ८९ हजार ४ सय ७७ आर्जन गरेको छ ।

Crest
Meta Holidays

इन्स्योरेन्सले निकट भविष्यमा आफ्नो चुक्तापुँजी २ अर्व पुर्यायाउन ६० करोड मुल्यकोे आइपिओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउदै छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x