काठमाडौ: सन नेपाललाईफ इन्स्योरेन्स र संग्रिला डेभलपमेन्ट बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स का तर्फबाट बिभागीय प्रमुख बिनोद शर्मा पौडेल र बैंकको तर्फबाट बिभागीय प्रमुख श्री तेज बहादुर थकुल्लाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमाशुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाललाईफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
इन्स्योरेन्सले कारोवार शुरु गरेको ९ महिनाभित्र २०७५ आषाढ मसान्तमा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैया प्रिमियम संलकन गरेको छ । कम्पनीले सोही अवधिमा जीवन बीमाकोषमा रु. १० करोड ९२ लाख १३ हजार ९ सय ८७ रुपैया र रु.१२ करोड ९८ लाख ८९ हजार ४ सय ७७ आर्जन गरेको छ ।
इन्स्योरेन्सले निकट भविष्यमा आफ्नो चुक्तापुँजी २ अर्व पुर्यायाउन ६० करोड मुल्यकोे आइपिओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउदै छ ।