इन्स्योरेन्स-मेरो कथा: टाईगर (एसके पुरी) जसले कहिल्यै अर्काको शिकार खाँदैन

हुन त उनको नाम कृष्ण कुमार पुरी (एसके पुरी) हो । तर, उनका श्रद्धेय किशोर प्रसाद लामिछाने उनको नाम टाईगर राखिदिएका थिए । बाघले कहिल्यै पनि अर्काको शिकार खादैन । उ आफनो शिकार आफै बनाउँछ । हो ठयाक्कै एसके पुरीको पनि यही प्रवृति छ । त्यसैले उनको नाम टाईगर पुरी राखिदिएका हुन् लामिछानेले । अर्थात् पुरीले जहिले पनि आपनो व्यवसाय आफै सृजना गर्छन् । उनी प्रत्येक बर्ष पहिलो व्यवसाय खोज्छन् । अर्थात् पहिलो  बीमाशुल्क बढाउँन ध्यान दिन्छन्, न कि नविकरणीय शुल्कका संकलनमा । त्यसैले उनी बीमा क्षेत्रमा टाईगर रुपमा चिनिन्छन्।

हुन पनि हो । गत आर्थिक बर्षमा उनले आफनो व्यवसाय बृद्धि ८२ प्रतिशतले बढाए । गत आवको अन्त्यसम्म्ममा उनले कुल २० करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । एशियन लाईफ इन्स्योेरेन्सको चिफ म्यानेजर पुरीले लुम्बिनी अञ्चल हेर्छन् । उनले २०७४ साल साउन २३ गते एशियन लाईफमा प्रवेश गरेका हुन् ।

पुरीले १९९५ बाट अभिकर्ताको रुपमा  बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । बुबाको जागिरको सिलसिलामा भारत पुगेका पुरीले आफनो अध्ययन पनि उत्तैबाट पुरा गरे । आफनो करिअरको सुरुवात उनले लाईफ इन्स्यारेन्स कर्पोरेशन इण्डिया कम्पनीबाट सुरु गरेका हुन् ।

उनी एक दिन दिल्लीबाट ट्रेनमा चढेर फत्तेगढ आउँदै थिए । ट्रेनको एउटा छेउमा एक जना बृद्ध थिए । जसले मानिसहरुको बुट पोलिस गर्दै थिए । उनी पहिला आफना ग्राहकलाई टाईम्स अफ इण्डिया पत्रिका पढ्न दिन्थे । ग्राहकले उभिएर पत्रिका पढ्दै गर्दा उनी ग्राहकको बुट पनि पोलिस गर्थे । एउटा ग्राहकले उनलाई २५ पैसा दिन्थ्यो । एउटा पछि अर्कोलाई ग्राहकलाई पनि उनी त्यहि गर्थे । म त्यो दृश्य हेर्दै थिए । एक पटक एउटा ग्राहकले उनलाई ५० पैसा दियो । तर, उनले लिएनन्। आफनो शुल्क लिएर बाँकी २५ पैसा फिर्ता गरे। मलाई अचम्म लाग्यो । त्यो स्थानमा बसेर काम गर्दा पनि उनले आफनो आत्मसम्मान विक्री गरेरनन्। उनीले आफनो श्रमको मूल्य तोके र काम गरे। ति बृद्धाको काम प्रतिको सम्मान र आत्मविश्वास देखेर पुरी सोचमा पुगे।

पुरी पनि यस्तै केही गर्न चाहन्थे, आफुले गरेको कामले लोकको हित होस । यही क्रममा उनलाई एलआईसी नेपालले अभिकर्ताको तालिम दिन लागेको थाहा पाए र सहभागी भए । र उनले १९९५ देखि एलआईसीको अभिकर्ताको रुपमा काम गर्न सुरु गरे । अभिकर्ता यस्तो पेशा हो, जसबाट मानिसले प्रत्यक्ष रुपमा आम मानिसको आर्थिक सुरक्षा प्रदान गर्छ । उसो त नेपालमा अभिकर्तालाई हेर्ने दृष्टिकोण फरक छ । किनभने नेपालमा जबरजस्ती बीमा गराउँने प्रचलन छ । त्यसैले अभिकर्तालाई हेयको दृष्टिकोणले हेरिन्छ । तर, अभिकर्ताको भनेको त्यो व्यक्ति हो जसले मानिसलाई सम्भावित आर्थिक जोखिमको महसुश गराउँछ ।

मानिसको जोखिम र आवश्यकताको अध्ययन गरी उसलाई उचित कम्पनी र पोलिसी छनौट गर्न मद्धत गर्छ । उनी भन्छन्, त्यसैले मैले अभिकर्ता पेशा रोजे । जसबाट मैल मानिसको भलो गर्न सक्थे । यसबाट मलाई केही आम्दानी पनि हुन्थ्यो र मैले लगानी पनि गर्नुपर्दैनथ्यो।

एलआईसीमा नियुक्त भएपछि पहिलो पटक उनले आफनै बुबाको हाकिम मेजरको बीमा गरे । तर, उनलाई बीमा गराउँन खासै गारो भएन । उनी भन्छन् मेजर सरले बीमाको बारेमा बुझि सक्नु भएको थियो । मलाई खासै बुझाउनु परेन । उहाँले मलाई बीमा गराउँनु नै छ त तिमिसँग नै किन नगर्ने भनेर गर्नु भयो । भारतमा मात्रै उनले करिब २ हजार जनाको बीमा गरे ।

यही क्रममा उनको परिवार नेपाल नै फर्कियो । नेपालमा नै उनले अभिकर्ता रुपमा केही समय काम गरे । २०६४ सालमा उनले प्राईम लाईफमा कर्मचारीको रुपमा नियुक्त भए । उनले लुम्बिनी क्षेत्रको क्षेत्रिय प्रमुख भएर काम गरे । २०७४ सालमा उनले एशियन लाईफमा प्रवेश गरे ।

पुरी इमान्दारीता र मेहनतमा विश्वास गर्छन् । उनीमा आत्मविश्वास पनि छ । उनी सहज काम हैन अप्ठेरो काम स्वीकार गर्न रुचाउँछन् । उनी चुनौतीको सामाना गर्न रमाउँछन् । एउटा सामान्य व्यक्तिमा भन्दा कयौ गुणा काम गर्न सक्ने क्षमता छ उनमा । तर, उनको शारिरीक अवस्थामा भने आम व्यक्ति जस्तो सामान्य भने छैन । पुरी ढेड बर्षका हुँदा उनलाई पोलियो भएको थियो । आमा बुबाले कयौ उपचार गरे। तर, सफल भएन । पोलियको कारण उनको एउटा खुट्टा कमजोर छ । जसले सामान्य रुपमा काम गर्न सक्दैन । तर, पोलियोले उनको आत्मविश्वास भने बढायो । उनलाई कुनै पनि काममा आफु कमजोर छु भन्ने महसुश नै हुँदैन । उनि भन्छन् मलाई कहिल्यै पनि शारीरिक रुपमा कमजोर छु जस्तो लाग्दैन । किनकी मेरो परिवारले मलाई कहिले पनि त्यस्तो व्यवहार गरेन । मेरो अध्ययन पनि आम बच्चाहरुले जसरी नै भयो ।

हुन त हो पुरी अन्य व्यक्ति भन्दा फरक छन् । उनको काम गर्ने तरिका फरक छ । उनको सोच्ने तरिका फरक छ । उनी भन्छन् आगामी पाँच बर्ष भित्रमा म चिफ मार्केटिगं म्यानेजर हुनेछ । यसमा विश्वस्त छन् । पुरीका श्रीमती र दुई ओटा छोरा छन् । अहिले उनी आफना आमाबुबाको साथमा बुटवलमा बस्छन् । उनी भन्छन् मलाई कसैले हुम्ला जुम्लामा गएर काम गर भन्यो भने म सक्दिन । तर, यदि तराईको कुनै पनि जिल्लामा काम गर भन्छ भने म गर्न सक्छु । उनीमा आत्मविश्वास त छ । तर, कहिलेकाही आफनो शारिरीक कमजोरीका कारण मानिसहरुले उनको क्षमता शंका गर्दा ती मानिस प्रति उनलाई दया लाग्छ।

उसो त शारीरिक रुपमा कमजोर भएकै कारण उनी पछाडी परेका छैनन् । काम गर्ने सिलसिलमा प्राय गरी विदेश पनि पुगी रहेका हुन्छन् । उनले सिंगापुर, बैंकक, ताईवान, बंगलादेश लगायतका मुलुकको भ्रमण गरिसकेका छन् । तर, यस अघि प्राईम लाईफ इन्स्यारेन्सको व्यवस्थापनले आफुनो क्षमतामा विश्वास नगरेको उनी बताउँछन् । त्यसैले उनले कम्पनी परिवर्तन गरे । उनी भन्छन्, एशियन लाईफले मेरो क्षमतालाई चिन्यो र मलाई विश्वास गर्यो  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार