SKIP THIS

IK Anniversary
IME Life

धेरै कर तिर्नेमा एनसेल

SPIL
NIC ASIA

गत आर्थिक वर्ष सबैभन्दा धेरै कर निजी दूरसञ्चार कम्पनी एनसेलले तिरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा एनसेलले सरकारलाई १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम नौ अर्ब ९६ करोड तिरेर दोस्रो धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ठूला करदाता कार्यालयले एक खर्ब ४८ अर्ब ७५ करोड कर संकलन गरेकामा यी दुई कम्पनी क्रमसः पहिलो र दोस्रो धेरै तिर्नेमा सूचीकृत भएका हुन् । आव २०७३÷०७४ मा पनि सबैभन्दा बढी कर एनसेले नै तिरेको थियो । त्यस वर्ष एनसेलले १४ अर्ब ५८ करोड रुपैयाँ कर तिरेको थियो । यसैगरी अघिल्लो आवमा नेपाल टेलिकमले १३ अर्ब ४८ करोड कर तिरेको थियो । गत वर्ष टेलिकमको करमा भने ठूलो गिरावट आएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक धनिराम शर्माले ठूला करदाता कार्यालयमा दाखिला गरिएको करका आधारमा एनसेल पहिलो र नेपाल टेलिकम भएको जानकारी दिए ।
गत आवमा उत्पादनमूलक उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल छ । सूर्य नेपालले आठ अर्ब २७ करोड रुपैयाँ कर बुझाएको छ । सूर्य नेपालले अघिल्लो आवमा १४ अर्ब नौ करोड कर तिरेको थियो । त्यसरी नै गोरखा ब्रुअरी बढी कर तिर्नेमा चौथो स्थान ओगट्न सफल भएको छ । यसले गत आवमा पाँच अर्ब तीन करोड राजस्व सरकारलाई बुझाएको छ । स्वचालित मूल्य प्रणालीमा गएपछि नाफा कमाएर ठूलो संस्थान बनेको नेपाल आयल निगमले पनि गएको आवमा सरकारलाई दुई अर्ब २९ करोड कर तिरेकोे छ ।

सेवा प्रदायक र उत्पादनमूलक उद्योगपछि सबैभन्दा धेरै कर तिर्नेमा निजी वित्तीय संस्था नबिल बैंक परेको छ । बैंकले गएको आवमा दुई अर्ब ६७ करोड राजस्व तिरेको छ । वित्तीय क्षेत्रमा बढी राजस्व तिरेर नेपाल इन्भेस्टमेन्ट बैंक दोस्रो, एभरेस्ट बैंक तेस्रो, कृषि विकास बैंक चौथो र हिमालय बैंक पाँचौं नम्बरमा परेका छन् ।

Prabhu
Crest

ठूला करदाताले आयकर र मूल्य अभिवृद्धि करमात्रै संकलन गर्दछ । अन्तःशुल्कबापत संकलन हुने राजस्व कार्यालयले संकलन नगर्ने भएकाले यसमा उत्पादनमूलक कम्पनीले तिरको अन्तःशुल्कको रकम थपिएपछि हालको सूचीमा तलमाथि पर्न सक्ने प्रमुख कर प्रशासक शर्माले बताए ।

सेवातर्फ २५ करोड र सेवा उद्योगबाहेक ४० करोडभन्दा बढी कर तिर्ने करदाताले ठूला करदाता कार्यालयमा राजस्व दाखिला गर्नुपर्ने व्यवस्था छ । हाल कार्यालयमा एक हजार दुई सय २८ करदाता छन् । सरकारले गत आवमा सात खर्ब ३१ अर्ब ३७ करोड राजस्व संकलन गरेको थियो ।

धेरै राजस्व तिर्ने १० करदाता

एनसेल: १४ अर्ब ७१ करोड
नेपाल टेलिकम: ९ अर्ब ९६ करोड
सूर्य नेपाल: ८ अर्ब २७ करोड
गोर्खा ब्रुअरी: ५ अर्ब ३ करोड
एभरेस्ट बैंक: २ अर्ब ८७ करोड
नविल बैंक: २ अर्ब ६७ करोड
नेपाल इन्भेस्टमेन्ट बैंक: २ अर्ब ४६ करोड
नेपाल आयल निगम: २ अर्ब २९ करोड
कृषि विकास बैंक: १ अर्ब ७८ करोड
हिमालय बैंक: १ अर्ब ७१ करोड
स्रोत: ठूला करदाता कार्यालय

(श्रोत/: http://annapurnapost.com/news/१०४७२१ बाट)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS