कम्पनी प्रति कर्मचारीको बिश्वास बढाउँदै छौ: रमेश कुमार भट्टराई, का. मु. सिईओ युनाईटेड इन्स्योरेन्स कम्पनी

बीमा समितिको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७४/७५ मा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १७ प्रतिशतले बढेको छ । नयाँ कम्पनीहरु थपिएसँगै र कम्पनीहरुको पूँजी बृद्धि भएसँगै कम्पनीहरुलाई व्यवसाय बढाउने चुनौती पनि थपिएका छ। यही चुनौतीका बिच युनाईटेड इन्स्योेरेन्स कम्पनीमा का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । यो अवस्थमा अन्य कम्पनीहरुको प्रतिस्पर्धामा युनाईटेड इन्स्योरेन्स कम्पनीलाई जोगाई राख्न र संसदमा प्रस्तुत भएको बीमा बिद्येयकमा कम्पनीहरुको गरेको अपेक्षाको बिषयमा केन्द्रित भएर इन्स्योरेन्स खबरकर्मी रिना खत्रीले का.मु. प्रमुख कार्यकारी अधिकृत भट्टराईसँग गरेको कुराकानीको सार:-

रमेश कुमार भट्टराई, का. मु. सिईओ युनाईटेड इन्स्योरेन्स कम्पनी

अहिलेको बजारमा थुपै चुनौतीहरु छन् यही समयमा हजुर कम्पनीको का.मु. प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएको छ । कम्पनीलाई अगाडी बढाउन कस्तो किसिमको रणनीति अपनाउनुभएको छ ?
यतिबेला बजारमा थुप्रै खालका चुनौती छन् । त्यसमा पनि युनाईटेडमा इन्स्योरेन्समा अझै चुनौती छ । यहि समयमा म यस कम्पनीको का.मु.प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको छु  र मैले कम्पनी अगाडी बढाउन मुख्य गरी तीन कुरालाई जोड दिएको छु । यतिबेला कम्पनी प्रति कर्मचारी विश्वास गुमेको छ, पुन: त्यसलाई स्थापित गराउँने प्रयासमा छु । किनभने कुनै पनि कम्पनीको लागी कर्मचारी प्रमुख अंग हो । यदि कम्पनी प्रति कर्मचारीको विश्वास रहेन भने कम्पनीले प्रगति गर्न सक्दैन । त्यसैले सबैभन्दा पहिला कम्पनी प्रति कर्मचारी विश्वास जगाउँने प्रयत्नमा छु ।

त्यसैगरी कम्पनीको लागी बिमित अर्को महत्वपूर्ण पार्ट हो । जबसम्म बीमित कम्पनी प्रति ढुक्क हुँदैनन तबसम्म कम्पनीको व्यवसाय बढ्न सक्दैन । त्यसैले अहिले हामी बिमितलाई कसरी विश्वास दिलाउन सकिन्छ भनेर विभिन्न योजना बनाउँदैछु । र सकेसम्म विमितलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न हामी लागी परेका छौ ।

तुलनात्मक रुपले गत बर्ष युनाईटेड कम्पनीको व्यसायमा खासै प्रगती हुन सकेन ? यसको मुख्य कारण के होला?
म बैशाखमा यस कम्पनीमा नियुक्त भए। त्यसकारण गत बर्ष कम्पनीमा व्यवसाय किन बढ्न सकेन भन्ने कुरामा मैले ठयाक्कै विश्लेषण गर्न सक्दिन। तर, मलाई लाग्छ गत बर्ष कर्मचारीको मुभमेण्ट धेरै भयो । त्यस्तै केही समयको लागी कम्पनीको अग्नि बीमा व्यवसाय पनि रोकियो। त्यसकारण पनि कम्पनीको व्यवसाय उत्साहजनक रुपमा बढ्न सकेन।

नयाँ बीमा बिघेयक संसदमा पुगेको छ । अब आउने ऐन कस्तो कस्तो खालको हुनपर्ने अपेक्षा गर्नु भएको छ ?
बीमा समितिलाई स्वयतत्ता प्रदान गरिनुपर्छ । आजको दिनसम्म कतिपय कामहरु अर्थमन्त्रालयकै नियन्त्रणमा छ । समितिले अर्थमन्त्रालयको स्वीकृतिमा मात्रै काम गर्न पाउँछ । आगामी समयमा पनि यस्तै अवस्था रहि रहयो भने समितिले कमजोर हुन सक्छ । त्यसैले कतिपय अधिकार समितिलाई छोडिदिनुपर्छ । तबमात्र समग्र बीमा क्षेत्रको विकास हुन सक्छ ।

समितिले नयाँ तालिम केन्द्र स्थापना गरेको छ । यसबाट तपाईले कस्तो किसिमको अपेक्षा गर्नूभएको छ ?
समितिले तालिम केन्द्र स्थापना गरेको छ, यसमा हामी धेरै खुशी छौ । तर यसको स्थापना पहिला नै हुनुपर्ने हो । ढिलै भए पनि तालिम केन्द्र स्थापना भएको छ । यो राम्रो कुरा हो । नेपालमा यसले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई पनि राम्रो रुपमा अघि बढ्न अवसर दिएको छ । नेपालमा तालिम केन्द्र नभएकै कारण बीमा कम्पनीहरुले तालिम लिनको लागी कर्मचारीलाई भारत पठाउँनु  पर्थ्यो । अब नेपालमा नै यसको तालिम हुने हुँदा कम्पनीहरुलाई पनि सहज हुने भएको छ ।

कम्पनीहरुले अझै पनि दाबी भुक्तानी गर्न आनाकानी गर्छन् भन्ने गुनासो छ नि यसको कारण के हो ?
इन्स्योरेन्स कम्पनीहरुको आ–आफनो  नियमहरु रहेका  हुन्छन् । कम्पनीको नियम अनुरुप नै हामीले बिमितलाई भुक्तानी गर्ने हो । जहाँसम्म लाग्छ कम्पनीहरुले आनाकानी गदैनन् होला । स्पष्ट रुपमा भन्नु पर्दा हामी आनाकानी गर्दैनौ । यदि     वीमितले नियम पुरा गरी दाबी गरेको छ भने तत्काल भुक्तानी गर्छौ । हो कतिपय अवस्थामा दाबी गरेको लामो समयसम्म पनि भुक्तानी भएको हुँदैन । दाबी भुक्तानी ढिला हुनुमा पहिलो कारण भनेको त आवश्यक कागजात नपुगेर हो । कतिपय विमिते कागज बिना नै दाबी गर्छन् । कम्पनीले आँखा चिम्लेर भुक्तानी पनि त गर्न मिल्दैन नि, प्रक्रिया त पुरा गर्नै पर्यो।

नयाँ बीमा बिद्येयकमा सर्भेयरको दण्ड सजाय बढाईएको छ । यस प्रति सर्भेरहरुले आपत्ति जनाएका छन्, यसमा तपाईको भनाई के छ ?
सर्भेयरले पनी आफनो मर्यादामा रहेर काम गनुपर्छ । सर्भेयर भेनेको फेरी अति संवेदनशिल काम हो । सर्भेयरले गर्ने गल्तिले कहिले बिमिति र कहिले कम्पनी घाटामा पर्न जान्छन् । त्यसैले सर्भेयर होस चाहे अन्य सरोकारवाला निकाय होस जो कोहीलाई पनि जिम्मेवार त बनाउँनै पर्छ । यदि कसैले गलत काम गरेको छ भने सजायको व्यवस्था त हुनै पर्छ ।

नयाँ बिद्येयकमा एउटा सर्भेयरले एक प्रकारको बीमाको मात्रै सर्भे गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्था नेपालको परिपेक्ष्यमा कतीको उपयुक्त छ होला ?
बिज्ञान प्रविधि पनी बढ्दै गईरहेको छ । कुनै कुरामा बढी ज्ञान भएको व्यक्तिले उक्त कुराको बारेमा राम्रोसगँ बिश्लेषण गर्न सक्दछ । त्यसैले एउटा सर्भेयरले एउटै खालको बीमाको सर्भे गर्ने व्यवस्था पनि ठिकै हो । किनभने यसो गर्दा बजारमा क्रिम मेनपावर निस्कन्छ । जुन बिषयमा बिज्ञता हासिल गरेको सोही बिषयमा मात्रै सर्भे गर्दा उसले राम्रो मूल्यांकन पनि त गर्छ सक्छ । मोटर इन्जिनियर गरेको सर्भेयरले अग्निको सर्भे गर्न त सक्दैन । यद्यपी यस अघिको समयमा नेपालमा सर्भेयरको अभाव थियो । त्यसैले सबैले सबै खालको सर्भे गर्न पाउँथे । किनभने अनुभवको आधारमा पनि सर्भे गर्न दिईन्थ्यो । तर, अहिले बजारमा धेरै जनशक्ति छन् । त्यसैले गर्दा अब दिनमा यसलाई थप व्यवस्थित बनाईनुपर्छ ।

नेपालमा बीमा सम्बन्धी चेतना बढाउन के गनुपर्ला ?
बीमा सम्बन्धी जन चेतना बढाउन सरकारले विभिन्न खालका गतिविधि संचालन गर्नुपर्छ । संचारमा बीमा सम्बन्धी कार्यक्रम चेतनामुलक कार्यक्रम संचालन गर्ने, बिज्ञापन प्रकाशन र प्रसारण गर्ने, रेडियो कार्यक्रम संचालन गर्ने, होडिंड बोर्ड, छलफल चलाउने गर्नुपर्छ । राज्यले कतीपय कुरा आफू मात्र नगरे बीमा कम्पनी सँगसँगै काम गर्नुपर्छ ।

बीमा चेतनाको लागि तपाईले कती रकम विनियोजन गर्नुभएको छ त ?
बीमा सम्बन्धी प्रचार पसार गर्ने काम कम्पनीले गरेर हुँदैन । किनभने कम्पनीले आफनै कम्पनीको बारेमा मात्रै प्रचार गर्छ । आफनै योजनाको बारेमा बताउँछ । त्यसैले यसमा राज्य नै बढी सक्रिय हुनुपर्ने आवश्यकता छ । जसभित्र हामीले हाम्रा  मार्केटिङ्गका  कर्मचारीलाई तालिमहरु प्रदान गर्छौ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार