अब मेगा बैंकबाट सानिमा लाईफको इन्स्योरेन्सको बीमा योजना/सेवा पाइने भएको छ। शुक्रबार दुई कम्पनीबीच भएको बैंक्यास्योरेन्स सम्झौता अनुसार ग्राहकहरुले मेगा बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा उपभोग गर्न सक्ने छन् ।
उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के.सी. तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
जीवन बीमा सेवाबाट वञ्चित रहेका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्य लिएको सानिमा लाईफ इन्स्योरेन्सले हाल बिभिन्न ५ किसिमका जिबन बीमा योजनाहरु संचालन गरेको छ ।
सानिमा लाईफ इन्स्योरेन्स सानिमा बैक तथा राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समुहले कम्पनीको प्रवद्र्धन गरिएको जिबन बिमा कम्पनी हो ।
कम्पनीको अधिकृत पूँजी ३ अर्व र जारी पूँजी रु २ अर्व रहेको छ । जारी पुजी मध्ये रु १ अर्व ४० करोड चुक्ता भैसकेको छ । कम्पनीले निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर विक्री गर्नेछ ।