IME Life

अभिकर्ता फकाउन दिएको कर्जा भुक्तानी नभएपछि बीमा कम्पनीहरु तनावमा

SPIL
Sanima Reliance

काठमाडौ: जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई फकाउन दिएको कर्जा भुक्तानी हुन नसकेपछि कम्पनीहरु तनाबमा परेका छन् । अभिकर्तालाई फकाउन कम्पनीहरुले जथाभावी ऋण प्रवाह गरेपछि भुक्तानी नै नहुने समस्या देखिन थालेको हो ।

जीवन बीमा कम्पनीहरूले अभिकर्ताको लागि समयसमयमा विभिन्न खालका ऋण तथा सापटी योजना सञ्चालन गर्दै आएका छन् । जसअन्तर्गत अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्यटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् ।

Crest
Meta Holidays

यसरी कम्पनीहरूले प्रदान गर्ने कर्जा अभिकर्ताको कार्य सम्पादनमा आधारित हुन्छ । अर्थात् अभिकर्ताको तत्काल पाकेको कमिसन र आगामी दिनमा नवीकरण बीमाबापत प्राप्त हुन सक्ने कमिशनलाई आधार मानी कम्पनीहरूले कर्जा प्रदान गर्दै आएका छन् । समितिले अभिकर्तालाई कर्जा उपलब्ध गराउने व्यवस्था नगरे पनि व्यवसाय प्रवद्र्धनका लागि भन्दै कम्पनीले ऋण दिँदै आएका छन् । तर, कम्पनीहरूले मनपरी ऋण प्रवाह गर्न थालेपछि कम्पनीहरु आफै मर्कामा परेका छन् ।

अभिकर्तालाई प्रेरित गर्नका लागि कर्जा दिनु उपयुक्त भए पनि पछिल्लो समयमा कम्पनीहरूले जथाभावी कर्जा प्रवाह गरेको र कर्जा असुल उपर हुने क्रम घटेको समितिले बताएको छ । कम्पनीहरूले अभिकर्तालाई आकर्षित गर्न विभिन्न खालका योजना सञ्चालन गर्ने र कर्जा लिई सकेपछि अभिकर्ताहरू सम्पर्कविहिन हुने गरेको समेत समितिले बताएको छ ।

नेपालमा हाल १८ वटा जीवन  बीमा कम्पनी छन् । नौ वटा कम्पनी गत आवदेखि नै सञ्चालनमा आएका हुन् । पुराना कम्पनीभन्दा पनि नयाँ कम्पनीहरूमा यस्तो खालको समस्या झनै विकराल हुन सक्ने देखिएको छ । विगतको समयमा गुराँश लाइफ, एशियन लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ऋण असुल नहुने समस्या भोगेको समितिले बताएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x