वेष्ट फाइनान्सको सीईओमा तोयाराज अधिकारी नियुक्त

Citizen Life Insurance Co

वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको  बैठकले अधिकारीलाई आगामी दुई वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सीईओ अधिकारीले साउन १८ गतेदेखि जिम्मेवारी समालेका छन् । अधिकारी यस अघि कामना सेवा बिकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए। १७ बर्षको अनुभव बटुलेका अधिकारीले ‘वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीमा र मर्ज भएको संस्थामा काम गरेको अनुभव रहेको छ ।

वेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ, वेष्ट फाइनान्स कम्पनीको चुक्ता पुँजी ८९ करोड ५ लाख रुपैयाँ रहेको छ। वेष्ट फाइनान्स कम्पनी गैर आवासीय नेपाली समेतको लगानीमा संचालित फाइनान्स कम्पनी हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार