IME Life

माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, काठमाण्डौंबाटै आवेदन सुविधा

SPIL
Sanima Reliance

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि दोलखाबासीलाई साधारण सेयर बिक्री गर्ने भएको छ । लामो विवादपछीआयोजना, स्थानीयबासी र प्रभावित क्षेत्रका जनताबीच सहमति भएपछि सेयर बिक्री गर्न लागिएको हो । आयोजनाले आयोजना प्रभावित जिल्लाका लागि भन्दै आज साउन १६ देखि आगामी भदौ १४ गतेसम्म सेयर खरिद गर्न पाउने गरी आवश्यक व्यवस्था गरेको छ ।
आयोजनाले न्यूनतम ३० कित्ता देखि अधिकतम ३ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।कम्पनीले आज दोलखामा एक कार्यक्रमको आयोजना गरी सेयर बिक्रीको कार्यक्रम सुरु गने तयारी गरेका छ ।
सो कार्यक्रमका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन दोलखा पुग्ने कार्यक्रम रहेको छ ।करिब ९६ प्रतिशत निर्माण सम्पन्न भएको कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाले दोलखाबासीलाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने छ । कूल लगानीको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

दोलखाका विभिन्न बैंक तथा वित्तीय संस्थाको २१ स्थानबाट सेयर आवेदन लिने व्यवस्था मिलाएको छ ।बैंक तथा वित्तीय संख्याका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिएको र स्वयमसेवी समेत परिचालन गरिएको छ । दोलखालीलाई सेयर आवेदन गर्न डिम्याट खाता नभएपनि हुने व्यवस्था गरिएको छ ।वैदेशिक रोगजारीमा गएका दोलखालीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरेर हस्ताक्षर गरेर पठाएमा उनीहरुका परिवारका सदस्यले आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको छ ।यस्तै काठमाडौं उपत्यकामा बस्दै आएका दोलखालीलाई पनि सेयर आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
काठमाडौँ उपत्यकमा रहेका दोलखाबासीलाई सनराइज बैंकका शाखाबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।
कम्पनीले आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावित गरी ३ तहमा वर्गीकरण गरेको छ ।आयोजना अति प्रभावित तत्कालीन लामाबगर र गौरीशंकर गापिसका आवेदकले हरियो रंगको आवेदन फारम फारम भर्ने व्यवस्था मिलाइएको छ ।यस्तै सडक र प्रसारण लाइनले छोएको क्षेत्रका प्रभावित स्थानीयले निलो रंगको आवेदन फारम भर्नेछन् भने कम प्रभावित अरु क्षेत्रका लागि कालो रंगको आवेदन फारम तयार पारिएको छ ।सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले आवश्यक व्यवस्था मिलाइसकिएको जनाएको छ ।
सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरिएको छ ।सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म सेयर खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ ।स्थानीय र सर्वसाधारणलाई सेयर बिक्री गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने तयारी गरिएको छ । तर तामाकोशीले गत महिना प्रकाशित गरेको आह्वानपत्रलाई मान्ने हो भने तामाकोशीको सेयरबाट तत्काल फाइदा हुने अवस्था रहेको छैन ।
कूल लागत ३५ अर्ब रहेकोमा पछिल्लो दिनमा लागत बढेर ७० अर्ब पुग्ने क्रममा रहेको छ । आगामी पुसमा निर्माण सम्पन्न गर्ने भनिएपनि आयोजना सम्पन्न हुन अझै एक वर्षको हाराहारीमा लाग्ने देखिएको छ ।सिंगटी लामो साघु सडक खण्डका कारण निर्माण सामग्री आयात गर्न समस्या परेको भन्दै भारतीय ठेकेदार कम्पनीले जानी बुझीकन आयोजनामा ढिलाई गरिरहेको स्थानियको गुनासो रहेको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x