IME Life

भारतीय लगानीका नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स मर्जरमा जाने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

भारत सरकारको पुर्ण स्वामित्वमा रहेका ‘नेशनल इन्स्योरेन्स कम्पनी र ओरियन्टल इन्स्योरेन्स कम्पनी  मर्जरमा जाने भएका छन् । भारत सरकारको पुर्ण स्वामित्वमा रहेका ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीको शाखाका रुपमा दुबैले नेपालमा निर्जिबन बीमा व्यवसाय गर्दै आएका छन् । भारत सरकारले आफ्नो स्वामित्वमा रहेका यी दुई सहित युनाईटेड इन्स्योरेन्स कम्पनीलाई समेत मर्ज गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्यारेन्ट कम्पनीमा मर्जरको प्रक्रियामा जुटेसँगै यी दुबै कम्पनीले नेपालमा पनि मर्जमा जाने तयारी थालेका हुन् । बीमा समितिले तोकेको निर्धारित पुँजीका लागि दुबै कम्पनीले मर्जरमा जाने उल्लेख गरेका छन् । ‘निर्धारित पुँजी पुर्याउनका लागि प्यारेन्ट कम्पनी मर्जमा गएकाले हामी पनि मर्जमै जान्छौं भन्ने निवेदन दिएका छन्’, बीमा समिति श्रोतले भन्यो ।

Crest

बीमा समितिले २०७५ असार मसान्त भित्र जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । तर विदेशी कम्पनीको शाखाका रुपमा सेवा प्रवाह गरिरहेका मेट लाइफ, ओरियन्टल र नेशनल इन्स्योरेन्सका लागि भने निर्धारित पुँजीको व्यवस्था गरिएको थियो ।

मेटलाइफले निर्धारित पुँजी पुर्याउनुपर्ने बाध्यताबाट मुक्ति दिन आग्रह गर्दै समितिलाई पत्र लेखेको छ । तर भारतीय कम्पनीको शाखाका रुपमा सेवा दिईरहेका ओरियन्टल र नेशनलले भने मर्जरमा जाने तयारी थालेका हुन् । भारतको केन्द्रिय सरकारले आर्थिक बर्ष २०१७/१८ को बजेट मार्फत ओरियन्टल, नेशनल र युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मर्ज गर्ने घोषणा गरेको थियो ।

(श्रोत:-विभिन्न अनलाइन मिडियाबाट)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS