SKIP THIS

National Insurance
IME Life

जीवन बीमा र यसका प्रकारहरु

SPIL
NIC ASIA new
Sanima Reliance

बीमा विमित र विमकका बीच गरिने एक करार पत्र हो । जीवनमा आई पर्ने सम्भावित जोखिमहरुका कारण आर्थिक क्षति भएमा त्यस्तो क्षति बीमा कम्पनिले वहन गर्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा गरिन्छ । भविष्यमा भैपरि आउने जोखिमलाई सामना गर्नका लागि बीमा गरिन्छ । जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनिले बहन गर्ने भएकाले यसलाई एक जोखिम हस्तान्तरण गर्ने प्रक्रियाका रुपमा लिन सकिन्छ ।

जीवन बीमा निश्चित अवधिका लागि बीमा कम्पनि र व्यक्तिका बीच गरिएको एक आर्थिक सम्झौता हो । यसमा बीमा गर्ने व्यक्तिले निश्चित समय, अवधि, वा वर्ष तोकि सम्झौता गर्दछ । बीमा गर्ने व्यक्तिले बीमा कम्पनिका सीमा वा शर्तहरुको परिधि भित्र रही कार्य पूरा गर्ने वाचा गर्नु पर्दछ ।

Prabhu
Crest

जीवन बीमामा विमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा निश्चित बीमा शुल्क बुझाए बापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा बीमा अवधि पछि नीजलाई नै कुनै रकम दिने सम्झौता करार पत्रमा उललेख गरिएको हुन्छ । बीमा ऐन, २०४९ बमोजिम “जीवन बीमा व्यवसाय भन्नाले कुनै खास रकम तिरेमा कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको मृत्यु भएको अवश्थामा वा निजको आयुको आधारमा किस्तावन्धिमा बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धि व्यवसाय सम्झनु पर्दछ ”।

मानिसको जीवनमा जोसिखमहरु धेरै हुन्छन् । यस मध्ये पनि मृत्यु सबैधन्दा ठुलो जोखिम हो । रोग, प्राकृतिक प्रकोप वा अन्य विभिन्न कारणहरुबाट मानिसको अकालमै मृत्यु हुन पुग्दछ, जसको कारणले परिवारको उक्त सदस्य नरहँदा परिवारलाई आर्थिक समस्या पर्न जान्छ । यसरी पर्न गएको समस्यालाई बीमितले बीमा कम्पनिलाई बुझाएको बीमा शुल्क बाट केही अंश रकमको हिस्सा प्रदान गर्छ । जीवन बीमा कुनै व्यक्तिको लागि वा परिवारको आर्थिक सुरक्षाको लागि गरिन्छ । बीमाको निश्चित अवधि सकिएपछि निजको बीमालेखमा रहको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम समेत एकमुष्ट रकम प्राप्त गर्न सक्नेछन् । जीवन बीमाले बीमितको जीवनमा आई पर्ने वा उसको परिवारलाई पर्ने आर्थिक संकटको बेला सहायता प्रदान गर्छ ।

मानिसको जीवनसँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्त परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्छ । बीमा गरेवापत पाउने सुविधा बीमाको प्रकार अनुसार फरक हुन्छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूँजी निमार्ण, करमा छुट जस्ता सुविधा प्रदान गर्दछ । त्यसैले जीवन बीमा अनिवार्य बचत एवंम आश्रितहरुको भलाईको व्यवश्था हुने उत्तम उपाय हो ।

जीवन बीमाका पनि विभिन्न प्रकारहरु रहेका छन्, ती यस प्रकार रहेका छन्:-

आजीवन जीवन बीमा  विमितले निश्चित बीमा शुल्क निर्धारित अवधिसम्म किस्ताबन्धि रुपमा बीमकलाई बुझाउने तर बिमांक रकम भने बिमितको मृत्यु भए पश्चात उसले इच्छाइएको वा निजको हकवालाले पाउने बीमा लाई आजीवन बीमा भनिन्छ । यस बीमा योजना अन्र्तगत बिमितले तोकिएको अवधिसम्म निर्धारित समयमा बीमाशुल्क तिर्दै जानु पर्दछ । जुनसुकै समयमा बिमितको मृत्यु भएमा एकमुष्ट रकम निजको आश्रितलाई दिईन्छ ।

सावधिक जीवन बीमा  यो जीवन बीमा सामान्यतया ५ वर्षको अवधिकोे लागि गरिन्छ । तोकिएको अवधिसम्म किस्ताबन्दि रुपमा बीमा शुल्क तिर्ने र सो अवधि पछि यदि बिमित जिवितै छ भने उसैलाई र यदि उ जिवित नरहे उसका हकवालालाई बींमाक रकम र आर्जित बोनस स्वरुप प्रदान गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।

म्यादी जीवन बीमा   यस्तो बीमा सीमित अवधिका लागि मात्रै गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानि गर्दछ । कम विमाशुल्क तिरेर पनि मृत्यु जोखिम वहन हुनु यस योजनाको विशेषता हो ।बैंक तथा वीत्तिय संस्थाहरुमा ऋण लिए पश्चात ऋण लिने व्यक्तिको अचानक मृत्यु हुन गएमा परिवारका सदस्यहरुले उक्त ऋण चुक्ता गर्नु पर्ने हुन्छ । यदि ऋण चुक्ता गर्न नसकेमा घर जायजेथा नै लिलाम हुने स्थिति आउन सक्छ तर लिएको ऋण रकमको म्यादी जीवन बीमा गरेको छ भने बीमितको मृत्यु भएमा यस कंपनी ले नै ऋण रकम तिरिदिने भएकोले परिवारका सदस्यहरु उक्त चिन्ताबाट मुक्त हुन सक्छन् । विभिन्न पेशामा लागेका व्यक्तिहरुले समयमा नै यस म्यादी जीवन बीमा गरी मृत्यु जोखिम को व्यवस्थापन गर्नु बुद्धिमानी हुनेछ ।

एन्यूटि जीवन बीमा  निश्चित अवधिभर बीमाशुल्क तिरी बीमा अवधि समाप्त भए पश्चात् मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा निश्चित अवधिसम्म पेन्सन सरह आम्दानी लिने दृष्टिकोण बाट गरिने बीमालाई एन्यूटि बीमा भनिन्छ ।

आज हम्रो समाजमा जीवन बीमाको महत्व दिनानुदिन बढ्दै गईरहेको छ । बीमा जोखिम हस्तान्तरण गर्ने एक प्रक्रिया भएकाले यसको महत्व बढ्नु पनि स्वभाविक नै हो । मानविय जोखिम, विपत्ति सगँ सामना गर्नका लागि बीमा गरिन्छ । बीमा भविष्यको सुरक्षाको साथि हो, जसले आपत्तविपत्तमा साथ र सहयोग प्रदान गर्दछ । जीवन बीमाका विभिन्न प्रकारहरु रहेका छन्, यी विभिन्न खालका बीमा मध्ये आफुलाई सुहाँउदो र उपयुक्त लाग्ने बीमा गर्न सकिन्छ । जीवन बीमा गर्ने निर्णय पश्चात कुन बीमा कम्पनिबाट गर्ने, कति अवधिको लागि गर्ने जस्ता विभिन्न कुराहरुलाई मध्यनजर गर्नु पर्ने हुन्छ । सबै कुराहरु बुझिसके पछि मात्र बीमाका अन्य प्रक्रियाहरु अगाडि बढाउनु पर्दछ । आफुलाई उपयुक्त लागेको बीमा गरी भविष्यमा आई पर्ने जोखिम, आपत्तविपत्त र आर्थिक संकट बाट बच्नका बीमा गरौँ र ढुक्कले जियौँ ।

प्रस्तुती:बिजया बास्कोटा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

4%

दु :खी

8%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS