IME Life

सिटिजन्स बैंकको ४ लाख ६३ हजार कित्ता एफपीओ आजबाट खुल्ला

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) खुल्ला भएको छ । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । बोर्डले सिटिजन्स बैङ्कलाई १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ नै प्रिमियम थपी २०० रुपैयाँमा एफपीओ बिक्री गर्ने अनुमति दिएको थियो ।

एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि बैंकले एफपीओ निष्कासन गरेको हो । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट दरखास्त फारम लिने तथा बुझाउने व्यवस्था रहेको छ ।

Crest

गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको थियो। बजार मूल्य र एफपीको मूल्यको बिच खासै ठुलो अन्तर नभएकाले यो एफपीओपनि सजिलै बिक्री नहुने समस्या आउने देखिन्छ। एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS