IME Life

बीमा प्रक्रियाको पहिलो चरण : बीमा प्रस्ताव फारम

SPIL
Sanima Reliance

बीमा विमित र विमकका बीच गरिने एक सम्झौता पत्र हो । विमितले आफनो जीवन सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकमा सारी बीमा गर्दछन् । बीमा भविष्यमा हुन सक्ने जोखिमको न्यूनिकरण गर्न गरिने बीमा कम्पनि सँगको एक प्रकारको सम्झौता हो । बीमा भविष्यमा आईपर्ने जोखिमको ग्यारेन्टी हो । भविष्यमा भैपरि आउने जोखिमलाई सामना गर्नका लागि बीमा गरिन्छ । बीमा आर्थिक नोक्सानी हँदा दिईने क्षतिपुर्ति हो ।

आज पनि कयौँ मानिसहरुमा बीमा के हो र यसका फाईदाहरु के ,के हुन सक्छन् भन्ने कुरा नै थाहा छैन् । थाहा पाएकाहरुलाई पनि कसरी बीमा गरिन्छ नै थाहा नहँुदा बीमा क्षेत्रमा जति विकास हुनु पर्ने हो त्यो हुन नपुगेको देखिन्छ । बीमा प्रति रुचि र ज्ञान भएका व्यक्तिको वा बीमा गर्ने व्यक्तिको पहिलो जिज्ञासा हुन्छ, बीमा कसरी गर्ने ? बीमाको पहिलो चरण वा प्रक्रिया के हो ? बीमा गर्ने व्यक्तिले शुरुमा बीमा कम्पनिका बारेमा थाहा हुनु पर्दछ ।

Crest
Meta Holidays

कम्पनिको बारेमा जानकार भई सकेपछि उक्त कम्पनिले गर्ने बीमा,बीमाका प्रकारका बारेमा थाहा पाई बीमा गर्ने कुरामा ढुक्क हुनु पर्दछ । यदि बीमा गर्ने नै निश्चित हो भने बीमा प्रस्ताव फारम भर्नु पर्ने हुन्छ । प्रस्ताव फारम भनेको बीमित र बीमा कम्पनि बीच गरिने करार पत्र वा सम्झौता पत्र हो । यसमा बिमितले बिमकलाई उपलब्ध गराउनुपर्ने सम्पूर्ण जानकारी प्रस्तुत गरिएको हुन्छ र यही फारामबाट बीमा कम्पनिले बिमित र जोखिमको बारेमा जानकारी लिने गर्दछ । यस कागजातमा माग गरिएका वा समावेश गरिएका विवरणहरु सत्य, तथ्य रुपमा उपलब्ध गराई बिमितले आफनो कर्तव्य निभाउँनु जरुरी हुन्छ । यदि झुठो विवरण दिएमा बिमितको क्षतिपूर्तिमा असर पर्न जान्छ । त्यसैले बिमितले प्रस्ताव फाराम भर्दा फारामले मागेका सम्पूर्ण विवरणहरु दिई असल बिमितको रुपमा रहनु पर्दछ ।

प्रस्ताव फारामको नमुना र बेहोरा पनि बीमाका प्रकारहरुका आधारमा नै भर पर्दछन् । यदि जीवन बीमा गर्ने हो भने नाम, पेशा, लिंग, पुरा ठेगाना, व्यवसाय, रोजगारदाता, विवाहित, वा अविवाहित, शिक्षा,उमेर, आयस्रोत, जीवन बीमाको उद्देश्य, किसिम,बीमा शुल्क आदि कुराहरुको उल्लेख गर्नुपर्दछ । यस बाहेक स्वाश्थ्य स्थितिको बारेमा पूर्ण विवरण पनि यसमा प्रस्तुत गर्नु पर्दछ । सम्पत्तिको बीमा गर्दा सम्पत्ति रहेको स्थान, त्यसको भोगचलन गर्ने तरीका, अपनार्र्ईएको सुरक्षा व्यवस्था, बिमांक आदिको सम्पूर्ण विवरण भर्नुपर्दछ । यसैगरी सवारी साधनको बीमा गर्ने भएमा तेस्रो पक्षको जनधनको हानी नोक्सानको क्षतिपूर्ति समेत गरिनुपर्दछ ।

बीमा प्रस्ताव फारममा सोधिएका सबै प्रश्नहरु को जवाफ भने सत्य तथ्य दिनु पर्दछ । सोधिएका प्रश्नहरुको उत्तर दिदा केरमेट नगरी, सफा र शुद्ध साथै बुझिने गरी लेख्नुपर्दछ । बिमितले भरेको फारम वा बिमितले दिएको तथ्य अनुसार बीमा कम्पनिले जोखिम मूल्याङकन गर्ने भएकाले हरेक बिमितले प्रस्तावित फारममा उल्लेख गर्नुपर्ने सम्पूर्ण विवरणहरु सत्य बताउनु एउटा असल बिमितको दायित्व हुने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x