IME Life

कृषि बीमाबाट करिब सवा ४१ करोड बिमाशुल्क आम्दानी

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

  • रिना खत्री
    गत आर्थिक बर्ष २०७४/७५ को जेठ महिनासम्मको कृषि तथा पशु बीमाबाट ४१ करोड २० लाख रुपैयाँ बिमाशुल्क आम्दानी भएको छ । बिमा समितिको तथ्यांक अनुसार गत आवको जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले उक्त बिमाशुल्क आम्दानी गरेका हुन् ।
    जसमध्ये उक्त अवधिमा अन्नबाली बीमा अन्र्तगत ६४ लाख रुपैयाँ बीमाशुल्क आम्दानी भएको छ । त्यसैगरी तरकारी बीमाबाट ३१ लाख, फलफूल बीमावाट १ करोड, माछाबाट १ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको समितिको तथ्यांकमा उल्लेख छ । साथै पशुबाट ३२ करोड २६ लाख र पन्छीबाट ५ करोड ६० लाख रुपैयाँ बराबरको बीमा शूल्क संकलन भएको समितिले जानकारी दिएको छ ।
    पछिल्लो पटक बिमा समिलिते कृषि बिमाको बिषयमा जनचेतना जगाउने कार्यलाई तिव्रता दिएको समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए । तर, कृषि बिमा प्राविधिक भएकाले कृषकहरुले झन्झटिलो मान्ने गरेको उनले बताए । कृषि बिमालाई विस्तार गर्न स्थानीय सरकारले पनि पहल गर्नुपर्ने उनले बताए ।

    कृषि बीमा गर्दा सरकारले प्रदान गर्न अनुदान रकम ३० करोड ९० लाख रुपैयाँ रहेको छ । सरकारले यस अवधिमा अन्नबाली बीमाका लागि ४८ लाख, तरकारी बीमाका लागि २३ लाख, फलफूल बीमाका लागि ७५ लाख, माछा बीमाका लागि १ करोड ४ लाख रुपैयाँ अनुदान दिएको छ ।
    यस्तै पशु बीमाका लागि २४ करोड १९ लाख रुपैयाँ र पन्छी बीमाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको अनुदान रकम भुक्तानी गरेको छ । आव २०७३/७४ को सोही अवधिमा भने कृषि बिमा बापत कम्पनीहरुले ४२ करोड ६३ लाख रुपैयाँ आर्जन गरेका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x