IME Life

चौतारी लघुवित्त पश्चिम रुकुमको चौरजहारीमा, रुकुमको अर्थतन्त्रमा चौतारी बन्ने बिश्वाश

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ: बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले आफनो ४०औँ शाखा पश्चिम रुकुमको चौरजहारीमा विस्तार गरेको छ । वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले उक्त शाखाकी सदस्य मैनकली वलीलाई ब्यवसायीक कर्जा रु.१००,००० रुपैयाँ वितरण गरि औपचारीक रुपमा शाखाको उद्घाटन गरे । उक्त अवसरमा वित्तीय संस्थाका अध्यक्ष पोख्रेलले चौतारी लघुवित्त वित्तीय संस्था वास्तबमै गरिब, दु.खी र असाहयहरुको लागि भारी बिसाउने चौतारी बन्ने कुरामा विश्वस्त हुन आग्रह गरे ।
उपस्थीत स्थानीय बुद्धिजिबि तथा अन्य स्थानीय बासीन्दाले चौतारी लघुवित्त गाउँआगनमा आई सेवा दिएकोमा खुशी प्रकट गरे । सो अवसरमा वित्तीय संस्थाका सञ्चालक गोपाल वस्याल, पुष्पराज ढकाल तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र आन्तरीक लेखा परिक्षण प्रमुख बिमल खनालको पनि उपस्थीती रहेको थियो  ।

चौतारी १५ जिल्ला कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो ।लघुवित्तको अधिकृत पुँजी ३० करोड र जारी पुँजी १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासन गर्न चौतारी लघुवित्तले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेपछि चुक्ता पुँजी १८ करोड रुपैयाँ पुग्नेछ । २०७२ सालमा यस संस्थाले नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS