IME Life
GBIME

बीमा ऐन २०७५: बीमा अभिकर्तालाई सिण्डीकेट लगाउनु राम्रो होइन

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ: बीमा प्रणालीलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनिय बनाई त्यसको विकास गर्न, स्वस्थ्य प्रतिस्पर्धावाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउन र बीमितको हकहित संरक्षण गर्नको लागि बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित बीमा विद्येयक मन्त्री परिषदवाट पारित भएर संघिय संसदमा दर्ता भइसकेको छ ।

यो बीमा विद्येयक २०७५ हु-बहु पास भएको खण्डमा अब देखि एउटा अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्न पाउँने भएका छन् । अभिकर्ताले जतिवटा कम्पनीको पनि बीमा अभिकर्ता भएर काम गर्न पाउँने हालको व्यवस्थालाई हटाउँदै बीमा विद्येयक २०७५ मा एउटा मात्रै कम्पनीमा काम गर्न पाउँने व्यवस्था गरिएको छ ।

Crest

बीमा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको दफा ९३ को उपदफा ५ मा बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमाकको बीमा अभिकर्ताको ईजाजतपत्र दिईने व्यवस्था गरिएको छ । यदि उक्त विद्येयक सोही बमोजिम पारित भएमा एउटा अभिकर्ताले एउटा जीवन र अर्को निर्जीवन बीमा कम्पनीमा मात्रै काम गर्न पाउँने छन् ।

यो व्यवस्था संस्थागत अभिकर्तालाई पनि लागु हुन्छ कि हुदैन यो कुरा स्पस्ट संग उल्लेख छैन तर संस्थागत अभिकर्तालाई यो नियम कार्यान्वयन सम्भब देखिदैन। संस्थागत अभिकर्तालाई छुट हुने र व्यक्तिगत अभिकर्तालाई एउटा मात्रै कम्पनीमा काम गर्न पाउँने व्यवस्था गर्दा भेदभाब हुने देखिन्छ ।

बीमा अभिकर्ताले किन धरै बीमा कम्पनीमा अभिकर्ता बन्न पाउनु पर्छ?
२०६० सालमा पनि बीमा अभिकर्तालाई एउटा कम्पनीमा मात्र अभिकर्ता बन्ने व्यवस्था गर्ने प्रयाश भएको थियो तर अभिकर्ताहरुले धेरै कम्पनीमा काम गर्न पाउँने माग राख्दै सर्वोच्च पुगेको थिए। सर्वोच्चले बीमितको जानकारी पाउँने अधिकार हनन गर्न नहुने भन्दै अभिकर्ताहरुलाई एक भन्दा बढी कम्पनीमा काम गर्न पाउँने फैसला गरेको थियो ।

-बीमा अभिकर्ता  एउटा संबेदनशील पेशा हो, बीमितले कम्पनीको बारेमा आफुलाई जानकारी नहुदा पनि अभिकर्ताको बिश्वाशमा बीमा योजनाहरु खरिद गर्छन, यदि कुनै अभिकर्ता दुई वा दुई भन्दा धरै कम्पनीको अभिकर्ता छ भने बिमितले उपयुक्त बीमा योजनाहरु तथा आफुलाई उपयुक्त कम्पनी छनोट गर्न सक्छन ।
– येदि कुनै अभिकर्ता दुई वा दुई भन्दा बढी कम्पनीको अभिकर्ता छ भने अभिकर्तालाई बीमा योजना तथा बीमा कम्पनीको बारेमा ज्ञानआर्जन गर्ने अबसर मिल्न सक्छ।
-कुनै बीमा कम्पनी संग सबै किसिमका बीमा योजनाहरु नहुन पनि सक्छन, एउटा मात्रै कम्पनीमा काम गर्न पाउँने व्यवस्था अभिकर्ताले बीमितको लागि उपयुक्त बीमा योजना बिक्रि नगरी अभिकर्ता अनुकुलको योजना बिक्रि गर्न वा गर्ने प्रयास गर्न सक्छ।
-बीमा कम्पनीहरुको वित्तीय अवस्था समय अनुसार परिबर्तन हुदै जाने हुदा अहिलेको राम्रो कम्पनी भबिष्यमा सधै राम्रो हुन्छ भन्ने हुदैन तसर्थ बीमा अभिकर्ताले आफ्नो पेशामा सुरक्षा नदेख्न सक्छ।
-बीमा अभिकर्ता स्वतन्त्र पेशा हो, तसर्थ अभिकर्ता स्वतन्त्र तरिकाले काम गर्न पाएन भने पेशा प्रतिको आकर्षण घट्न सक्छ।

बीमाविद डा. रबिन्द्र घिमिरेका अनुसार ‘बीमा अभिकर्ताको पेशाको प्रकृति नै स्वतन्त्र प्रकारको हुने भएको कारणले अभिकर्ताले आफ्नो इच्छा अनुसार कम्पनी परिबर्तन वा अर्को कम्पनीमा पनि आबद्ध हुन पाउनु पर्छ, येदि अन्तर्राष्ट्रीय प्राक्टिस अनुसार ‘क्याप्टिभ एजेन्टको व्यवस्था गरेको खण्डमा मात्र एउटा मात्रै कम्पनीमा काम गर्न पाउँने व्यवस्था सम्भब हुन्छ।’ क्याप्टिभ एजेन्टको सेवा सुबिधाहरु कर्मचारी सरह हुने अन्तरास्ट्रिय अभ्याश रहेको छ ।

पेशागत अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले भने ऐनमा गरिएको व्यवस्थाले नेपालमा बीमा सिण्डीकेट लागू गर्न खोजिएको बताएका छन् ।उनले भने ‘यसले विमितले धेरै कम्पनीको बारेमा थाहा पाउँने अधिकार हनन हुनेछ । बीमा कम्पनीहरुको मोनोपली बढ्नेछ।’

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS