IME Life

सिटिजन्स बैंकको एफपीओ साउन १५ देखि,

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । बोर्डले सिटिजन्स बैङ्कलाई १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ नै प्रिमियम थपी २०० रुपैयाँमा एफपीओ बिक्री गर्ने अनुमति दिएको थियो ।

एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । नेपाल धितोपत्र बोर्डले गत साता स्वीकृत दिएपछि बैंकले एफपीओ निष्कासन गरेको हो । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

Crest

एफपिओ पछि संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम हुने छ। बजारमा सोमबार २२८ मा सिटिजन्स बैङ्कको शेयर कारोबार भएको थियो। बजार मूल्य र एफपीको मूल्यको बिच खासै ठुलो अन्तर नभएकाले यो एफपीओपनि सजिलै बिक्री नहुने समस्या आउने देखिन्छ। एफपिओ पछि बैङ्कको चुक्ता पुँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने प्रिमियम बराबरको ४ करोड ६३ लाख रुपैयाँ नै जगेडा कोषमा जाने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS