ईन्फिनिटी लघुवित्तले ६ करोड बराबरको आईपिओ निष्काशन गर्ने

काठमाडौँ: ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ करोड बराबरको लागि ६ लाख कित्ता आईपिओ निष्कासन गर्ने जनाएको छ ।ईन्फिनिटीले आईपिओ निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ । आईपिओ पछि संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार