GBIME
IME Life

साप्ताहिक शेयर समिक्षा

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ : नेपाल स्टक एक्सचेन्जमा आषाढ ३१ गतेदेखि श्रावण ३ गतेसम्म १ सय ८६ वटा कम्पनीको शेयर १५ हजार १ सय २८ वटा पटक किनबेच भएको छ | ४७ लाख ५४ हजार ५ सय २० कित्ता शेयर१ अर्ब ४५ करोड ५७ हजार रुपैयाँमा किनबेच भएको हो|

यस हप्ता प्राइम लाइफ इन्सुरेन्सको १२ लाख ५२ हजार कित्ता संस्थापक शेयर ३५ करोड ८० लाख १० हजार मा कारोबार भएर रकम र कित्ताको आधारमा पहिलो भएको छ | त्यस्तै नबिल बैंकको शेयर ९६८ पटक कारोबार भएर पहिलो स्थान लिएको छ | रकमको आधारमा पाँच कम्पनी तालिकामा देखाइएको छ |

SKYWELL
Crest
क्र.सं. कम्पनीको नाम कारोबार रकम
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (संस्थापक) ३५,८०,१०,०००
नविल बैंक लिमिटेड १३,१८,३०,०००
नविल बैंक लिमिटेड संस्थापक ४,३८,२०,०००
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड ३,७०,३०,०००
नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड २,९७,७०,०००

 

त्यस्तै सूचीकरणतर्फ निम्न कम्पनी रहेका छन्

 

सि.नं कम्पनीको नाम किसिम संख्या
रिलायन्स फाइनान्स लिमिटेड हकप्रद २०,०५,२९७
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड वोनस ८६,०५८
नेपाल इन्स्योरेन्स लिमिटेड हकप्रद ३०,१९,८८६
नेपाल इन्स्योरेन्स लिमिटेड वोनस १,३६,६१४
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लिमिटेड वोनस १०,०१,६५७

कारोबार रकम गत हप्ता भन्दा ३१.३२ प्रतिशतले घटेको छ | गत हप्ता २ अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो | कारोबार रकम घटेसँगै सूचक पनि घटेको छ | गत हप्ता ११ सय ९१ दसमलब ९८ मा बन्द भएको नेप्से सूचक यस हप्ता १ दसमलब ४१ अंकले बढेर ११ सय ९३ दसमलब ३९ मा अंकमा बन्द भएको छ |

साताभरको नेप्से सूचकर नेप्से सूचकलाई प्रभाव पार्ने समुहको उतारचढाव निम्न बमोजिम रहेको छ |

 

समुह वाणिज्यबैंक विकास बैंक विमा अन्य नेप्से
दिन
आइतबार १०१७.५१ १४०९.५७ ६०५२.४३ ७१०.५६ १२००.०९
सोमबार १०२३.५६ १४३४.१६ ६१९९.४५ ७०७.८९ १२१२.३६
मंगलबार १०१८.७९ १४२६..०६ ६१११.७८ ७१२.८४ १२०४.३१
बुधबार १०१६.३२ १४१६.३४ ६०५०.१७ ७११.४६ ११९८.७७
विहिबार १०१२.८६ १४०९.२६ ५९६९.३५ ७१०.४९ ११९३.३९
परिवर्तन -४.६५ -०.३१ -८३.०८ -०.०७ -६.७

पहिलो दिन आइतबार बजार बन्द हुँदा १२ सयदशमलब०९ पुगेको सूचक अन्तिम दिन विहिबार बजार बन्द हुँदा ६.७ अंकले घटेर ११ सय९३दशमलब३९ अंकमा झरेकोछ |

समुहगत परिसूचकमा वाणिज्य बैंक समुहको परिसूचक पहिलो दिनको दोश्रो दिन बढेर त्यसपछि घट्दै गएर अन्तिम दिन पहिलो दिनको तुलनामा ४ दसमलब ६५ अंकले घटेको छ | विमा समुहको परिसूचक सबैभन्दा धेरै ८३.०८ अंकले घटेको छ | यस हप्तादेखि बिमा समुहलाई जीवन र नीर्जिवनमा बाँडेको छ | यस हप्ता भने विमा समुहलाई एकै ठाउँमा राखेर सूचक गणना गरेको छ | नेप्सेले सूचिकृत कम्पनीलाई बिभिन्न १० समुहमा वर्गीकरण गरेको छ | यी समुह मध्ये वित्त समुहको परिसूचक ६.८ अंकले बढेको छ भने अन्य सबै समुहको परिसूचक घटेको छ |

यस हप्ता शेयर कारोबार ५ दिन पुरै खुलेको थियो |

लाभकर गणना सम्बन्धि सरकारले के कस्तो नीति लिने हो अझसम्म पनि निर्णित हुनसकेको छैन | यसले पनि शेयर कारोबारमा उत्साह ल्याउन सकेको छैन | नेप्सेले जडान गरेको स्वचालित विद्युतीय कारोबारको युजर एसेप्टेन्स टेस्ट (युएटि) शुरु भएको छ | पूर्ण स्वचालित अनलाईन प्रणालीको उपयोग गर्न भने तत्काल पाइने छैन |

आर्थिक वर्ष समाप्त भएसंगै कम्पनीले वार्षिक आय व्यय विवरण सार्वजनिक गर्ने समय शुरु हुँदा पनि शेयर कारोबारमा उत्साह नहुनुको कारण यहि हो भनेर आँकलन गर्न कठिन भएको छ | चैत्र मसान्तको आधारमा हेर्दा प्राय सबै कम्पनीले राम्रै आम्दानी गरेको आँकलन गर्न सकिन्छ | पूँजी अत्याधिक बढेकोले त्यसको अनुपातमा आम्दानी बढ्न नसक्ने हुँदा यसपटक प्राय कम्पनीको प्रतिशेयर आम्दानीमा गत वर्ष भन्दा गिरावट देखिने निश्चित छ | तर यसलाई घटेको भनेर बुझ्नु नै लगानीकर्ताको भूल हो | पूँजी बढेपछि सोहि अनुपातमा प्रतिशेयर आम्दानी बढ्न सक्दैन तर समग्र नाफामा भने बढोत्तरी भएको पक्षलाई बुझ्न आवश्यक छ |बुझ्नुपर्ने चुरो कुरो यहि हुँदा हुँदै पनि यसलाई नजरअन्दाज गरिदिँदा पाकेको बाली असिना पानीले नष्ट पारेको अनुभव हुनु स्वाभाविक हो | वार्षिक प्रतिवेदन सार्वजनिक गरेको फ्रष्ट माइक्रोफाइनान्सको स्थितिलाई उत्साहजनक नै मान्नुपर्छ |

महँगो मूल्य राखेर बदनियतसाथ शेयर बेचेको आरोप लागेको एनएमबी बैंकको एफपिओमा माग भन्दा बढी आवेदन परेर आषाढ ३२ गते बाँडफाँड समेत गरेको छ |

बिभिन्न कम्पनीले हकप्रद जारी गर्ने क्रम जारी रहेको छ | प्रभू इन्सुरेन्सको श्रावण १० हकप्रदमा आवेदन गर्ने अन्तिम मिति रहेको छ |

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS